Ad image

रोल्पामा ट्रयाक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु, दुई जना घाइते

मालश्री खबर
मालश्री खबर ३० पुष २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर,पुष ३० गते रोल्पा ।
ट्रयाकर दुर्घटना हुंदा रोल्पामा एक जनाको ज्यान गएको छ भने दुइ जना घाइते भएका छन् । गंगादेव गाउँपालिका वडा न. वडा न. ४ सिस्नेचार पाखापानी रोल्पा बाट सल्यानको बागचौर सडग निमार्णको तेल लिउन जाने क्रममा सो दुर्घटना भएको स्थानियले जानकारी दिएका छन् । साझ करिब ६ बजेको समयमा भएको दुर्घटनामा परि गंगादेब गाँउपालिका वडा न. ७ धपरी निवासि ट्रयाकर चालक अन्दाजी बर्ष २० का अमर वलीको घटना स्थलमै मृत्यु भएको बताइएको छ । रा १ ट ४१६१ नम्बरकाे ट्रयाकटर सडग बाट करिब १ सय मिटर तल खसेको स्थानिय सुनिल बलीले जानकारी दिनु भएको छ ।

दुर्घटना भएको खबर पाए लगतै प्रहरी चौकि सिमखोला पाखापानीको प्रहरीको टोली पुगेर घटनाको थप अनुसन्धान गरि राखेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि गंगादेब गाँउपालिका वडा न. ७ धपरीकै गाडीका सहचालक अन्दाजी बर्ष १७ का  रेग बहादुर केसि र ट्रयाक्टरमा सवार गंगादेब गाँउपापलिका वडा न. ४ मुरचुला पाखापानी रोल्पा निवासी अन्दाजी वर्ष २२ का बिर बहादुर खत्री घाइते भएको बताइएको छ । घाइतेलाई स्थानिय र प्रहरीको टोलीले उद्धार गरेर उपचारको लागी नेपालगञ्ज पठाइएको स्थानिय  वलीले बताउनु भएको छ । घाइते  मध्य बिर बहादुर खत्रीको अवस्था गम्भिर र रेग बहादुर केसिको अवस्था सामान्य भएको प्रहरीले जानकारी दिएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array