मालश्री खबर,पुष ३० गते रोल्पा ।
रोल्पा अस्पताल रेउघाको आयोजनामा मानसिक रोग सम्बन्धि ओ.पि.डि विशेषज्ञ सेवा प्रदान गरिएको छ । पौष २८ र २९ गते गरि दुई दिन सम्म संचालन भएको मानसिक रोग सम्बन्धि ओ.पि.डि विशेषज्ञ सेवामा ५३ जनाले सेवा लिएको रोल्पा अस्पताल रेउघाले जानकारी दिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल वुटवल रुपदेन्हीको प्राबिधिक सहयोगामा मनसिक रोग सम्बन्धि विरामी तथा व्यक्तिको विशेषज्ञ चिकित्सक बाट सेवा प्रदान गरिएको हो ।
जिल्लाका विभिन्न स्थान बाट मानसिक रोग सम्वन्धी विरामीहरुले चेक जाँच गराउन आएको रोल्पा अस्पताल रेउघाका मेडीकल अधिकृत आधार ओलीले जानकारी दिनु भएको छ । रोल्पा अस्पताल रेउघाले आयोजना गरेको यस सेवाबाट जिल्ला बासिहरुले मानसिक रोगको बारेमा बुझ्ने र परामर्श लिन थप सहयोग पुगेको डाक्टर ओलीले बताउनु भएको छ । रोल्पा अस्पतालका हाडजोर्नी विशेषज्ञ तथा अन्य चिकित्सक बाट नियमित ओ.पी.डी तथा शल्यक्रिया सेवा पनि नियमित सञ्चालन भईरहेको अस्पताल प्रसासनले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्