Ad image

माघ १ गते देखि माडिचौर रंगशालामा माघी मेला तथा खेलकुद कार्यक्रम हुने

मालश्री खबर
मालश्री खबर ३० पुष २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर,पुष ३० गते रोल्पा ।
“खेलकुद विकास, कला, सँस्कृतिको प्रवद्धन, युवा शसक्तिकरण हाम्रो अभियान” भन्ने मुल नारका साथ माघी मेला तथा खेलकुद कार्यक्रम २०७९ को आयोजना गरिएको छ । रोल्पा नगरपालिका वडा नं. ७ माडिचौर रोल्पाको आयोजनामा माडिचौर रंगशालामा कला संस्कृति, खेलकुदको विकास गर्न माघ १ गते देखी ४ गते सम्म उक्त कार्यक्रम सञ्चालन हनुे आयोजकले बताएको छ ।


चार दिन सम्म संचालन हुने उक्त कार्यक्रममा रोल्पा नगरपालिका वडा नं. ७ को कार्यालय माडिचौरको युवा शसक्तिकरण अन्र्तरगतको रकम र अन्य प्रायोजकहरुको प्रायोजनमा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । माघे मेला तथा खेलकुद कार्यक्रममा हालको वडा स्तरीय पुरुष भलिबल, खूल्ला महिला भलिबल, खुल्ला पुरुष फुटबल, टु ए साईड पुरुष भलिबल, पुरुष डबल व्याडमिन्टन, महिला रस्सा कसी, लोकदोहोरी गित, सामुहिक नृत्य, एकल नृत्य, साईला बरै गित, धनुष बाण र घैटाफोर प्रतियोगिताको आयोजना गरेको आयोजकले बताएको छ ।


उक्त माघे मेला तथा खेलकुद कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य बर्षमान पुन रहनु भएको छ । त्यस्तै विशिष्ट अतिथिमा भने पूर्व सभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुन, लुम्बिनी सभा सदस्य जोख बहादुर महरा, रोल्पा नगरपालिकका नगर प्रमुख सुरेन्द्र थपा घर्ती रहने बताईएको छ । मेलामा सहभागिता जनाइ दिनको लागी सम्पुर्ण खेलाडी, खेल प्रेमी महानुभाबहरु,राजनैनिक दल , पत्रकार, सुरक्षाकर्मि, झाकी समुह लगाएल मेला पारखी सम्पुर्णलाई आयोजकले आग्रह समेत गरेको छ ।

  

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्