Ad image

राेल्पामा माघे संक्रान्तीको अवसरमा गोरु जुधाई प्रतियोगिता आयोजना

मालश्री खबर
मालश्री खबर २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर,पुष २९ गते रोल्पा ।

राेल्पाकाे त्रिवेणी गाउँपालिका वडा न ७ दुम्लामा यो वर्ष पनि माघी पर्वको अवसरमा खुल्ला गोरु जुधाई प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही माघ २ गते हुने आयोजक ले वताएको छ । भद्रगोल फेन्सी हाउस दुम्लाको आयोजना तथा स्थानिय युवा किसानहरुको सक्रियतामा सो प्रतियोगिता हुनलागेको बताइएको छ ।


उक्त प्रतियोगिता मा विभिन्न रोल्पाका बिभिन्न ठाउँहरुवाट कम्तीमा १ दर्जन वढीको संख्यामा लडाकु साढे गोरु सहभागी गराइने भएको छ ।
दिर्घकालिन रुपमा यस स्थान र समयमा बार्षिक कृषि मेलाको आयोजना गर्ने उद्येश्यको साथमा यस्तो कार्यक्रम विगत २ वर्ष देखी नै गर्दै आइरहेको स्थानियहरुले बताएको छन् ।

गोरु जुधाई प्रतियोेगिता मनोरञ्जनको लागी मात्रै नभई किसानहरुलाई पशुपालनमा प्रोत्साहन गर्नको लागी यस्तो कार्यक्रम गरिएको गेहेन्द्र प्रकाश वलीलले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

साथै यो वर्ष को कार्यक्रमललाई थप प्रोत्साहन गर्नको लागी उत्कृष्ट गोरुपालक किसानलाई रु १० हजार रुपैया वरावरको गोरु पालन सम्वन्धी सामाग्रीहरु गोरु पालक किसानलाई उपलब्ध गराउने वडा सदस्य निर्मल वलीले जानकारी दिनुभएको छ ।

साथै यस्तो खालको कार्यक्रम स्थानियको पहिचान भएको हुदा यस कार्यक्रमलाइ निरन्तरता दिनको लागी आगामी वर्षहरुमा वडा कार्यालयले नै अपनत्व हुने गरी कार्यक्रम संचालनमा ल्याउने कुरामा जोड दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array