Ad image

परिवर्तन गाउँपालिकाकोे सार्वजनिक सुनुवाई पुष २७ गते

मालश्री खबर
मालश्री खबर २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

मालश्री खबर,पुष २६ गते रोल्पा ।
परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुतलाचौर रोल्पाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । भोलि अर्थात पुस २७ गते बुुधबारका दिन गाउँपालिकाको सभाहलमा मध्यान्ह १२ बजेबाट उक्त कार्यक्रम सुरु गर्ने गाउँपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत धुब्रराज न्यौपानेले जानकारी दिनु भएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७८को उपदाफा ५ बमोजिम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा तर्जुमा गरेका कार्यक्रम, योजना तथा सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै छ ।

उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण परिवर्तन गाउँपालिकाका सरोकारवालाई सवैलार्ई गाँउपालिकाले एक सुचना जारी गर्दै अनुरोध गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array