Ad image

जिल्लामा नागरिता बनाउने भन्दा नागरिकताको प्रतिलिपी लिनेको सख्या बढ्दो

मालश्री खबर
मालश्री खबर २६ पुष २०७९, मंगलवार
2 Min Read
Aa

 

मालश्री खबर,पुष २६ गते रोल्पा ।

नागरिता बनाउने भन्दा नागरिकताको प्रतिलिपी लिनेको सख्या रोल्पामा बढ्दो रहेको प्रमुख जिल्ला अधिकारी रोल्पाका नबराज सापकोटाले बताउनु भएको छ । कम उमेरमा बिबाह गर्नु, बिवहा पछि नै नागरकिता बनाउने, बैवाहिक सम्बन्ध नराम्रो भए पश्चात् डिभोर्स गर्ने जस्ता कारणले नागरिकताको प्रतिलिपी लिनेको सख्यामा बढ्दो भएको उहाँका भनाई रहेको छ । मालश्री सँबाद कार्यक्रममा बोल्दै सापकोटाले यस्तो कुरा बताउनु भएको हो ।

- Advertisement -
Ad image

एउटा ब्यक्तिले ८ पटक सम्म नागरिकताको प्रतिलिपी लिने गरेको समेत सापकोटाले बताउनु भयो । जिल्ला अधिकारी सापकोटाले अहिले पनि रोल्पाका बिकट ठाउँका कतिपयले व्यक्तिले नागरिकता नबनाएको उल्लेख गर्नुभएको छ । जिल्लाका ७२ वटै वडा अध्यक्षहरुलाइ कार्यक्रम मालश्री संबादबाटै जनताका जिबिकोपाजर्नन, नागरिकताका बिषयमा सहिजकरण प्रभावकारी रुपमा गर्ने बिषयमा प्रशासनमा सम्पर्क गर्न अनुरोध समेत गर्नु भएको छ ।

 

जिल्ला प्रशासन कार्यलय बाट सेवा प्रवाहमा राष्ट्रिय परिचय पत्र बितरण र पासपोर्ट बनाउने कार्य बढी चुनौति पुर्ण रहेको स्वीकार गर्नु भयो । प्रशासनमा प्रयाप्त जनशक्ति तथा साधन,सोतको अभाव रहेका कारण सेवा प्रवाहमा ढिलासुस्ती भईरहेको समेत बताउनु भएको छ ।

 

पासपोर्ट र राष्ट्रिय परिचय पत्रको सवालमा ब्यवस्थित गर्नको लागि जिल्ला प्रशासन कार्यलयबाट दुइ वटा स्थानबाट सेवा प्रदान गरिरहेको बताउदै सदरमुकाम देखि टाढा रहे गगांदेब गाउँपालिका, माडि गाउँपालिका, परिबर्तन गाउ पालिका, थबाङ गाउपालिका र इलाका प्रसासन कार्यलय घर्तिगाउ बाट पनि राहदानि, राष्टिय परिचय पत्र र नागरिकता बनाउनेको ब्यवस्था गर्नको लागि पहल गरिरहेको बताउनु भयो । राहदानि बनाउनको लागि एउटा मात्र फोटो खिच्ने मेसिन भएकाले राहदानि बनाउनेको सख्या भिड भएकाले थप उपकरणको सङख्या बढाई त्यस समस्याको समाधान गर्नको लागि पहल गरिरहेको बताउनु भएको छ । सापकोटाले सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिईरहेको बताउदै सेवाग्राहीलाई सधै मुस्कान सहितको सेवा दिनेमा सधै प्रतिवद्ध हुने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array