नेपाल ज्योतिष परिषदको २५ औँ स्थापना दिवस रोल्पामा पनि मनाईयो

मालश्री खबर
मालश्री खबर २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर,पुष २४ गते रोल्पा ।

 

नेपाल ज्योतिष परिषदको २५ औँ स्थापना दिवस रोल्पामा पनि मनाईएको छ । नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति रोल्पाको आयोजनामा उक्त कार्यक्रम लिङमा आज सम्पन्न भएको हो । परम्परागत देखि मान्दै आएको आफ्नो धर्म संस्कृतिको जगेर्णा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरीएको नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति रोल्पाले जनाएको छ ।

स्थापना दिवसमा जिल्ला स्थित सम्पुर्ण धार्मिक संस्था, सनातन धर्म प्रती आस्थावान जनसमुदायको उपस्थिती रहेको थियो । नेपाल ज्योतिष परिषद जिल्ला कार्य समितीका अध्यक्ष लिलाधर पन्थीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथीमा ब्रम कुमारी ईश्वरीय विश्व विद्यालय रोल्पा शाखाकी सञ्चालिका समेत रहनु भएकी पुषा केसी रहनु भएको थियो ।

त्यस्तै कार्यक्रमको अन्य अतिथीमा एकल महिला समूहकी अध्यक्ष तुलसा आचार्य, हनुमान मन्दीर संरक्षण समितिकी कोषध्यक्ष सरला श्रेष्ठ, शिव मन्दीर संरक्षण समितीकी उमा कुमारी आचार्य रहनु भएको थियो । नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति रोल्पाका बरिष्ठ उपाध्यक्ष बिनोद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति रोल्पाका सचिव तिलचन्द्र आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्