Ad image

पुख्र्याैली पेशाबाट जिवन चलाउन समस्या

मालश्री खबर
मालश्री खबर २३ पुष २०७९, शनिबार
2 Min Read
Aa

 

भरत विक,पुष २३ गते, राेल्पा । 

परम्परादेखि चल्दै आएको पुख्र्यौली पेशाबाट घर परिवार चलाउन समस्या हुन थालेको छ । पुर्खौदेखि चल्दै आएको पेशालाई ब्यवायिकरण गर्न नसक्दा जिवन चलाउन समस्या हुन थालेको हो । यसले गर्दा बर्तमान समयमा पुख्र्यौली पेशा गर्नमा मानिसको चासो समेत घट्दै जान थालेका छ ।

 

- Advertisement -
Ad image

मानिसहरुले गाउँघरमा पहिलेदेखि नै गर्दै आइरहेको पेसा पछिल्लो समयमा आउँदा त्यसलाई छोड्न थालेका छन । रोल्पाको सुनिलस्मृति गाउँपालिका तेबाङका ६० बर्षिय केशमान कामिले बर्षौदेखि पुख्र्यौली पेसाको रुपमा आरान ब्यबसाय गर्दै आउनुभएको छ । उहाँ दिनभरि आरनमै काम गर्नु हुन्छ । आरनमा केशमानले विभिन्न घरायसी औजारहरु बनाउनु हुन्छ । गाउँका स्थानियहरुको विभिन्न औजार, सामाग्रीहरु बनाइदिए बापत उहाले केहि अन्न ल्याउने गर्नु हुन्छ । परिवारमा रहेका ६ जना सदस्य रहेका छ्न । अहिले उहालाई आरन व्यबसायबाट आएको थोरै अन्नले आफ्नो परिवार पाल्न मुस्किल परेको छ ।

 

पुस्तै पहिलेदेखि चल्दै आएको आरन ब्यवसायलाई स्थानिय सरकारले ब्यवसायिकरण गर्न नसक्दा पुर्खौदेखि गर्दै आएको पेशा उहालाई गर कि मरको अवस्थामा पु¥याएको छ । पेशा छोडै भने अरु केहि गर्न सकिदैन, कुनै रोजगार पनि पाइदैन यहि पेशा गर्दै जेन तेन परिवार पालेको छु केशमानले दुखेसो सुनाउनु भयो । बर्षौ सम्म यहीँ काममा तल्लीन हुदा पनि यो कामले आफ्नो सानो परिवार पनि पाल्न धेरै मुस्किल भएको र यो पुख्र्यौली पेशा भएको र यसलाई छोड्न पनि गार्हो परेको उहा बताउनुहुन्छ ।

 

परम्परागत रुपमै चल्दै आएका यस्ता पेशा, ब्यवसायलाई स्थानिय, प्रदेश वा संघ सरकारले प्रविधी, सिप र वजारको ब्यवस्थापन गरेर ब्यवसायिक बनाउनु पर्ने देखिएको छ । यदि विभिन्न सरकारले त्यो कदम नचालेमा केशमान जस्तै पेशामा निरासता आउनुका साथै धेरैले यस्ता पेशाबाट हात झिक्नु पर्ने बेला आउन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array