Ad image

सधै हौसला मात्र होइन मलाई खबरदारी पनि गर्नुस – प्रतिनिधि सभा सदस्य जि.एम.

मालश्री खबर
मालश्री खबर २२ पुष २०७९, शुक्रबार
7 Min Read
Aa

मालश्री खबर, पुस २१, रोल्पा । 

 

सांसद भएर गृह जिल्ला प्रबेश गर्दा पत्रकार महासंघको टिमले खादाले स्वागत गर्दै गर्दा आफुँलाई थप जिम्मेवारी दिएको महशुस गरेको प्रतिनिनी सभा सदस्य ईश्वरी जि. एमले बताउनु भयो । नेपाल पत्रकार महासंघ रोल्पाले बुधबार नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व सचिब इश्वरी जि.एम. प्रतिनिधी सभा सदस्य निर्वाचित भए पछि आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो । महासंघले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै जि.एमले सधै मायाले मात्र नहौसाउन आग्रह गर्नु भयो । उँहाले सुरुवाति चरणमा माया र सल्लाह सुझाव दिए पनि अबका दिनमा खवरदारी गरेर काम गर्नको लागि झकझकाउनु पर्ने बताउनु भयो ।

- Advertisement -
Ad image

सांसद हुनु एकातिर एउटा अवसर हो भने जनताले दिएको साथ सहयोगको उच्च सम्मान गर्दै समग्र रोल्पाली जनताको हक, हित र विकासको लागि नीति निमार्ण र कार्यान्वयन गर्नु अर्को तर्फ चुनौति रहकेको उहाँको भनाई छ । आफुले पत्रकारीता गर्दै गर्दाको कुरा स्मरण गर्दै जि.एमले हिजो पत्रकारीतामा अगाडि बढ्नको लागि जसरी साथ र सहयोग गर्नु भयो त्यो साथ, सहयोग र सुझाब अझै पनि आवश्यक रहेको औल्याउनु भयो । पत्रकारीता पेशामा संलग्न हुदै गर्दा रोल्पालीको समस्यालाई नजिकबाट नियालेर त्यसको बारेमा लेख्दै र बोल्दै आफ्नो पत्रकारीताको धर्म निभाएको समेत बताउनु भएको छ । पत्रकारीता गर्दै गर्दा जिल्लामा हुने विबिध समस्याको नजिकबाट नियाल्ने अबसर पाएको उहाँको भनाई छ । हिजोका दिनमा ति समस्यालाई गुणसो र नकारात्मक रुपमा खबरदारी गरेको बताउदै आजको दिनमा ति समस्याको सम्बोधन गर्ने ठाउँमा पुगेको जि.एमले बताउनु भयो । ‘हिजोका दिनमा देखिएका समस्याको समाधानका लागि कति अग्रसर हुन्छ अबका दिनमा मेरो व्यवहारले देखाउने छ ’ जि.एमले थप्नु भयो ।

प्रतिनिधि सभाको सपथ ग्रहणनको दिन पत्रकारहरुसँगको कुराकानीमा रोल्पाली जनताहरुलाई दुई कुरामा सक्षम बनाउने बताउनु भयो । पहिलो कुरा रोल्पाली जनाता निकै सोजा र जहाँ पनि हेपाई खाने भएकाले त्यसको फाईदा अरुले लिईरहेकाले सर्वप्रथम त प्रश्न उठाउन सक्ने बनाउछु भनेको कुरा स्मरण गर्नु भयो । रोल्पालीहरु रोल्पाको हित विपरीत कुरा गर्दापनि सहेर बस्ने र हुन्छ भन्ने प्रवृत्ति छ । यसलाई सहि र गरत के हो भन्ने छुत्याउन सक्ने गरी त्यसमा खबरदारी प्रश्न चिन्ह उठाउन सक्ने गरि चेतनाको स्तर बृद्धि गरानु आफ्नो पहिलो कर्तव्य भएको बताउनु भयो । भोलिका दिनमा हामिले गरेका कमाहरु चित्त नबुझेमा हामिलाई नै खवरदारी गर्नको लागि रोल्पालीको औला उठोस भन्ने अपेक्षा समेत व्यक्त गर्नु भयो । र दोस्राकुरा भनेको रोल्पाले १० वर्षे ससस्त्र द्धन्दाको समयमा निकै ठुलो क्षेति वेहेर्नु पनेरको, विभिन्न संरचना मासिएको , विकासका योजनाका बजेटहरु खर्च गर्ने माहोल नभएकोले विनियोजित बजेटहरु राज्यको कोषमै फिर्ता भएको, शान्ति प्रकृयाको लामो समय सम्मपनि विकासका कार्यहरु अवरोध भएका थिए । रोल्पाले गुमाएको यस्तो सेवा सुविधा अब राज्यले पुर्ति गर्नु पर्ने बेला आएको र त्यसको क्षतिपूर्ति राज्यले जसरी पनि दिनु पर्छ भन्ने उहाँको मान्यता रहेको छ । हिजोका दिनमा क्षेतिलाई पूर्ति गर्न आफु एक्लैले सम्भव नभएकाले रोल्पाबाट प्रतिनिधि सभा सदस्य हुनु भएका वर्षमान पुन र आफु गरी दुई जना र प्रदेश सभा सदस्य हुनु भएका चार जना विच एकरुपता हुनु पर्ने उहाँको भनाई छ ।

आफ्नो दल भन्दा माथि उठेर जिल्लाको लागि काम गर्नु पर्ने अबको आवश्यकता भएको बताउनु भयो । समृद्ध रोल्पा बनाउनको लागि तिनै तहको सरकारका जनप्रतिनिधि बसेर रणनितिक योजना बनाई आधुनीक शैलीबाट जानु पर्ने जि.एमको निष्कर्ष रहेको छ । यसरी अगाडी बढेमा मात्र रोल्पा साच्चिकै समृद्धिको मार्गमा जाने उहाँको भनाई छ । हरेक जनस्तर बाट आगामि दिनमा जिल्लालाई हरेक क्षेत्रबाट अडागी बढाउने योजना कोर्नु पर्ने समय आएको बताउनु भयो ।

जिल्ला समृद्ध बनाउनको लागि जनप्रतिनिधि मात्र नभई जिल्लामा बस्ने समग्र नागरीकको उतिकै भुमिका रहने समने जि.एमले बताउनु भएको छ । भौतिक विकासमा मात्र जोड नदिई सामाजि, साँस्कृति, शिक्षा र चतनाको स्तरमा बृद्धिविकास गर्नु अबको आवस्यकाता रहेको जि.एमको भनाई छ । आफ्नो कार्यकाल सफल बनाउनको लागि रोल्पालीको साथ, सहयोग र खबरदारी सधै आवश्यक रहेको बताउनु भयो । जि.एम नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पुर्व सचिब समेत हुनुन्छ । जि.एमले रोल्पामा लामो समयसम्म पत्रकारीता क्षेत्रबाट आफ्नो महत्वपुर्ण योगदान पु¥याउनु भएको थियो ।

बधाई तथा सुभकामना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बीनी प्रदेशका निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मौसम रोकामगरले रोल्पा १० बर्षे जनयुद्धले विकासमा पछि परेको रोल्पाको विकासको लागि काम गर्नु हुने छ भन्ने अपेक्षा दिनु भयो । जि.एम ले लिएको नीति र कार्यक्रमलले सहि र उचित ठाउँमा सार्थकता पाओस भनि शुभकामाना समेत व्यक्त गर्नु भएको छ ।
प्रतिनिधि सभामा समाननुपातिकबाट निर्वाचित सांसद ईश्वरी जि.एमले जिल्लालाई सामाजिक, आर्थिक, धार्मिक, भौतिक दृृृष्टिकोणबाट माथि उठाउनमा महत्वपुर्ण भुमिका निवार्ह गर्ने मा विश्वस्त रहेको नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष काशिराम डाँगीले बताउनु भएको छ । साथै जि.एमलाई सफल र फलदायी कार्यकालको शुभकामाना समेत दिनु भएको छ ।

रोल्पाली जनताले अपेक्षा गरे जति विकास अझै नभएको स्मरण गराउदै पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष समेत रहनु भएका खेम बुढाले जुन एजेण्डाका साथ अघि बढ्नु भएको छ त्यस एजेण्डालाई कार्यान्वयन गर्न सुझाब दिदै पत्रकारीतको पृष्ठभुमि बाट राजनितिमा होमिई सांसद बनेकोमा ईश्वरी जि.एमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

अरु भन्दा फर काम गर्नु पर्छ र जुनसुकै काम पनि परिणममुखी हुनु पर्छ भन्ने मान्यता राखेर अगाडि बढेकाले जि.एम जिल्लामै सबै भन्दा कान्छो सांसाद बनेर व्यवस्थापिकाको जिम्मेवारी पद अर्थात सांसद जस्तो गरिमामय पदमा पुग्न सफल भएको पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपानेले बताउनु भयो । सांसद जि. एमले लिएको एजेण्डा कागजमा मात्रै मात्रै सिमित नभई कार्यान्वयन होस भन्दै बधाई तथा शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

रोल्पाको माटोलाई माया गर्दै पत्रकारीताका साथ साथै आफ्नो राजनितिक यात्रा शुरु गरि सांसद सम्म बनी रोल्पाको प्रतिनिधित्व गर्न पुगेकामा महासंघका निबर्तमान अध्यक्षय तथा हालका सल्लाहकार मानसिंह बिश्वकर्माले बधाई दिनु भएको छ । जि.एम आदिबासी जनजातिको प्रतिनिधित्व गर्दै समानुपातिक सांसद बन्नु रोल्पालीहरुको लागी निकै गर्भ र खुसिको कुरा भएको समेत विश्वकर्माले बताउनु भयो ।

रोल्पा जस्तो विकट ठाउँमा पत्रकारीता जगतबाट राजतिनिमा होमिएर नीति निमार्ण गर्ने जस्तो गौरवमय प्रतिनिधी सभा सदस्य पदमा पुगेकोमा जि.एमलाई महासंघ रोल्पाका पुर्व कोषाध्यक्ष तथा हालका सल्लाहकार माधबकुमार वलीले खुसि समेत व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नबिनलोचन मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिव लोकेन्द्र चन्दले गर्नुभएको अयोजकले जानकारी दिएको छ ।

  

प्रतिक्रिया दिनुहोस्

Array