सुनिलस्मृती, लुङ्ग्री र सुनछहरी गाउँपालिकाद्वारा गाडी भाडा निर्धारण, कच्ची सडगमा प्रतिकिलोमिटर १५ रुपैयाँ भाडा कायम

मालश्री खबर
मालश्री खबर १९ पुष २०७९, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, पुस १९, रोल्पा ।

सुनिल स्मृती गाँउपालिका, लुङ्ग्री गाँउपालिका र सुनछहरी गाँउपालिकाको त्रिगाँउपालिका स्तरीय सर्बपक्षिय छलफल सोमबार सुनिल स्मृती गाँउपालिका सुलिचौरमा सम्पन्न भएको छ । त्रिगाँउपालिका स्तरीय सर्बपक्षिय छलफल मार्फत ३ वटा गाउँपालिकाले गाडी भाडादर निर्धारण गरेका छन् ।

आम नागरिक यात्रुहरुको भाँडा दर महंगो भएको गुनासोलाई मध्यनजर गरेर आम सरोकारवाला पक्षहरुको भेला मार्फत भाडादर निर्धारण गरिएको सुनिल स्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिले जानकारी दिनु भएको छ । गाउँपालिकाभित्र यात्रु बोक्ने गाडीहरुले अब देखि तीनवटै गाउँपालिकाको जुनसुकै ग्रामीण क्षेत्रमा चल्ने ४पाङग्रे सवारी साधनले कालोपत्र सडकबाहेक कच्ची सडगमा प्रतिकिलोमिटर १५ रुपैयाँ भाडा लिउने गरि भाडादर निर्धारण गरिएको बताइएको छ ।

त्यस्तै गाँउपालिका भित्र सञ्चालन हुने तीन पाङ्ग्रे सवारी साधन ट्याम्पुहरु अनिवार्य अब गाउँपालिकामा दर्ता नविकरण गर्नुपर्ने र रुट प्रमित लियर मात्र सञ्चालन गर्नु पर्ने बैठकले निर्णय गरेको छ । त्यसको लागी सम्बन्धीत स्थानीय तहमा तीन पाङग्रे सवारी साधन दर्ताका लागि गाउँपालिकाहरूले १५ दिने सूचना प्रकाशन गर्ने निर्णय भएको बताइउको छ । यदि १५ सुचना प्रकाशन भएको १५ दिन भित्र गाँउपालिकामा आएर दर्ता नहुने त्यस्ता तिन पाङग्रे सवारी साधन सञ्चालनमा रोक लगाइने समेत सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।

बैठकले यात्रु तथा सवारी सुरक्षालाई ध्यानमा राखेर सवारी सञ्चालन मापदण्डको पूर्ण पालनाका साथै यातायात व्यवसाय सञ्चालन गर्न सबै यातायात समिति जिम्मेवार बन्ने र सबै गाउँपालिकाले आफ्नो नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने निर्णय समेत भएको छ ।

तिन बटा गाँउपालिकाको सर्वपक्षिय बैठकमा सुनिल स्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकि, लुङ्ग्री गाँउपालिका अध्यक्ष भरत कुमार थापा, सुनछहरी गाँउपालिका उपाध्यक्ष ननकला घर्ति, सुनिल स्मृती गाँउपालिका उपाध्यक्ष मिना थापा, सुनिल स्मृती गाँउपालिका प्रमुख प्रसासकिय अधिकृत दिनेश पोडेल, इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरिक्षक ओम प्रकाश वाग्ले, रोल्पा जलजला यातायात प्रा.लि. का बरिष्ठ उपाध्यक्ष संकर बिष्ट, नमस्ते यायायात प्रा.लि.का अध्यक्ष एकदेब कामि उपस्थिती रहेको थियो ।

छलफलमा सुनिल स्मृती गाँउपालिका वडा न. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरी, वडा न. ३ का वडा अध्यक्ष दृगा बहादुर बिष्ट, वडा न. ५ का वडा अध्यक्ष मणि थापा, वडा न. ६ का वडा अध्यक्ष लोकेन्द्र थापा, वडा न. ७ का वडा अध्यक्ष रेशम रिजाल, वडा न. ८ का वडा अध्यक्ष धनराज रोका को उपस्थिती रहेको थियो ।

त्यस्तै लुङ्ग्री गाँउपालिका वडा न. १ का वडा अध्यक्ष गणेश पुन, वडा न. २ का वडा सदस्य गोबिलाल घर्ति मगर, वडा न. ४ का वडा अध्यक्ष बीरवल खड्का रहनु भएको थियो । सुनछहरी गाँउपालिका वडा न. ६ का वडा अध्यक्ष उडबिर घर्ति वडा न. ७ का वडा सदस्य केपि मगर लगाएत गाँउकार्य पालिका सदस्य यातायात व्यवसायी,गाडी धनी, ,ट्राफिक प्रहरी, लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्