Ad image

दुग्ध संकलन तथा बितरण केन्द्रको लिबाङमा उद्घाटन, अब कृषकहरुलाई ठुलो राहत पुग्ने सहभागी बत्ताहरुको भनाई

मालश्री खबर
मालश्री खबर १६ पुष २०७९, शनिबार
6 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, पुस १६, रोल्पा । 

लिबाङमा शनिबार दुग्ध संकलन तथा बितरण केन्द्रको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । रोल्पा नगरपालिकाको कृषि, पशु तथा दुग्ध सहकारी संस्थाको आयोजनामा उक्त दुग्ध संकलन तथा बितरण केन्द्रको उद्घाटन गरिएको हो । रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आतिथ्यताका भएको कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिती रोल्पाका उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी नबराज सापकोेटा र रोल्पा नगरपालिकाका निबर्तमान नगरप्रमुख पुर्ण केसि रहनु भएको आयोजकले रेडियो मालश्री र मालश्री खवरलाइ जानकारी दिनु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिले रोल्पा नगरपालिका आम कृषक र भुईमान्छे सँग पुग्न चाहेको बताउनु भएकोे छ । त्यहि उदेश्य अनुसार रोल्पा नगरपालिकाले नगर भित्रको आम कृषकको जिवन स्टर माथि उठाउने लक्षका साथ यो दुग्ध संकलन तथा बितरण केन्द्रको स्थापन गरिएको बताउनु भएकोे छ । अब स्थानिय सरकारले नै कृषकहरुले उत्पादन गरेको दुध संकलन गरिदिन शुरु गरे पछि अब कृषकहरुलाई बजार खोज्नु पर्ने र सबैको घर—घरमा दुध पु¥याउनु पर्ने बाध्यताको अन्त्य भएको समेत नगर प्रमुख घर्तिले बताउनु भएको छ ।

- Advertisement -
Ad image

अहिले रोल्पा नगरपालिको मातहतमा रहने गरि रोल्पा नगरपालिकाको कृषि, पशु तथा दुग्ध सहकारी संस्थालाई जिम्मा दिएको भए पनि पछि यो राम्रो हुंदै गएमा यस्को पुर्ण जिम्मा अर्ध सरकारी निकाय वा व्यतिलाई पनि दिन सकिने कुरा बताउनु भयो । कृषकहरुकै भलोको लागी रोल्पा नगरपालिकाले यस्तो कार्यको शुरुवात गरेको हुनाले अब सबै कृषकहरु कृषि पेशामा परम्पराग भन्दा पनि आधुनिक र व्यावसायिक मुलक बन्नु पर्नेमा समेत जोड दिनु भएको थियो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले अब स्थानिय सरकारले नै दुग्ध संकलन तथा बितरण केन्द्रको स्थापना गरेपछि कृषकहरुलाई ठुलो राहत हुनुको साथै कृषकको उत्थान हुने बताउनु भएको छ । रोल्पा जिल्लामा हाल सम्म दुग्ध संकलन केन्द्र नहुनु आफैमा दुःखद कुरा भएको बताउदै प्रमुख जिल्ला अधिकारी सापकोटाले यसरी स्थानिय सरकारले नै कृषकहरुको उत्पादनको जिम्मा ल्याउनु आफैमा कृषकहरुको लागी राम्रो पक्ष भएको समेत बताउनु भएको छ । दुधको उचित मुल्य निर्धारण गरेर दुध खरिद गर्न समेत दुग्ध संकलन तथा बितरण केन्द्रलाई सुझाव दिनु भएको छ । अब कृषकहरुले आफुले उत्पादन गरेको दुध कँहा लैजाने होला भनेर चिन्ता गर्ने दिन गएको समेत प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भएको छ । कृषकको जिबन स्तर माथि उठाउनको लागी स्थानिय सरकार सँगै अन्य कृषि सँग सरोकार राख्ने सबै पक्ष एक भएर लाग्नु पर्नेमा समेत जोड दिनु भएको छ । एक फरक प्रसंगमा बोल्दै प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले राज्यको नियम भित्र रहेर खरिद ऐन अनुसार माल सामान खरिद गर्दा कोहि पनि डराउनु नपर्ने समेत बताउनु भएको छ ।

 

त्यस्तै कार्यक्रमका अर्का बिशिष्ट अतिथि रोल्पा नगरपालिका निबर्तमान नगर प्रमुख पुर्ण केसिले रोल्पा नगरपालिकाका कृषि, पशु तथा दुग्ध सहकारी संस्थद्धारा दुग्ध संकलन तथा बितरण केन्द्रको स्थापना भएकोेमा आफु खुशि भएको बताउनु भएको छ । आफ्नो कार्यकालमै यस्तो काम गर्नको लागी शुरुवात गरेको भए पनि केहि बिभिध कारणले पुर्ण बनाउन नसको कामलाई अहिले आएको स्थानिय सरकाले पुर्णता दिएकोमा धन्यवाद दिनु भएको छ । अब दुध संकलन र बितरण केन्द्रको स्थापना पछि कृषकहरुले थप आफ्नो पेशा प्रति चासो दिनुको साथै गर्भ गर्ने समेत बताउनु भएको छ । स्थानिय सरकारले यति मात्र नभएर कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने खालको कार्यक्रमहरु ल्याउन समेत सुझाव दिनु भएको छ । यो प्रक्रिया शुरु गर्दा आफुहरुले थुप्रै दुःख कस्त बेर्होनु परेको समेत बताउनु भएको थियो ।

रोल्पा नगरपालिकाको कृषि, पशु तथा दुग्ध सहकारी संस्थाको आयोजना उक्त दुग्ध संकलन तथा बितरण केन्द्रका अध्यक्ष फबिन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख प्रसासकिय अधिकृत महेन्द्र पराजुली, रोल्पा नगरपालिकाकी निबर्तमान नगर उपप्रमुख मनकुमारी घर्ति, भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर सुकई प्रसाद थारु, कृषि ज्ञान केन्द्र रोल्पाका कार्यालय प्रमुख अरबिन्दमणि त्रिपाठी, घरेलु कार्यालय रोल्पाका प्रमुख तारा प्रसाद गौतम शर्मा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, रोल्पा नगरपालिका वडा न. १ का वडा अध्यक्ष खुमबहादुर थापा, वडा न. २ का वडा अध्यक्ष प्रकाश डाँगी, वडा न. ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ, वडा न. ७ का वडा अध्यक्ष लाल बहादुर घर्ति र वडा न. १० का वडा अध्यक्ष मतिलाल डाँगी, बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, सरकारी गैरसरकारी कार्यालयको प्रमुख प्रतिनिधी, तथा कृषकहरुको सहभागिता रहेको थियो । पहिलो दिन दुध संकलन तथा बितरण केन्द्रमा जम्मा १५ जना कृषकहरुले दुख संकलन गर्न लिएकोमा रोल्पा नगरपालिका वडा न. ४ का कृषक मनप्रसाद वली सबै भन्दा बाक्लो दुध लिएर सम्मानित भएको समेत रोल्पा नगरपालिकाले जानकारी दिएको छ ।

रोल्पा नगरपालिकाले यस वर्ष रोल्पा नगरपालिका वडा न. ३ र ४ का कृषकहरुलाई २०-२० वटाको दरले ४० वटा भैसि बितरण गरेको रोल्पा नगरपालिकाकी प्रेस संयोजक देबि गुरुङले जानकारी दिनु भयो । रोल्पा नगरपालिका वडा न. ३ र ४ लाई भैसि पकेट क्षेत्र बनाउने उदेश्यले भैसि बितरण गरिएको प्रेस संयोजक गुरुङले बताउनु भएको छ । अघिल्लो आर्थिक वर्षमा नगर भित्र १ यस वटा भैसि बितरण गर्ने नगरको लक्ष भए पनि माग कम आएको हुनाले ६८ वटा मात्रै बितरण गर्न सकिएको समेत गुरुङले जानकारी दिनु भएको छ । कार्यक्रमको सहजिकरण रोल्पा नगरपालिकाकी प्रेस संयोजक देबी गुरुङले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array