Ad image

खुकुरी तथा परम्परागत कृषि औजार निर्माण सम्बन्धि तालिम सुरु

मालश्री खबर
मालश्री खबर १४ पुष २०७९, बिहीबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर / मालश्री खबर, पुस १४ , रोल्पा । खुकुरी तथा परम्परागत कृषि औजार निर्माण सम्बन्धि तालिम प्रवर्द्धन तथा प्रविधि सहयोग कार्यक्रम अन्तर्गत २ महिने खुकुरी तथा परम्परागत कृषि औजार निर्माण तालीमको उद्घाटन भएको छ।घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको आयोजनामा खुकुरी तथा परम्परागत कृषि औजार निर्माण सम्बन्धि तालिम थबाङ गाउँपालिका १ को वडा कार्यालयमा बिहीबार उद्घाटन भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका प्रमुख तारा प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन तालीममा थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो भने थबाङ गाउँलिकाका उपाध्यक्ष शर्मिला बुढा मगर,थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर,थबाङ गाउँपालिका १ का वडा अध्यक्ष हिरा प्रसाद बुढा मगर, २ महिने कृषि औजार तालीम प्रशिक्षक जग प्रसाद रोका मगर र १० दिने उद्यमशीलता विकास तालिमका प्रशिक्षक मिरा रोका मगर लगायतको समेत आतिथ्यता रहेको थियो ।


“औद्योगिक लगानी र पूर्वाधार,समृद्धिको बलियो आधार“भन्ने मुलनाराका साथ सुरु भएको खुकुरी तथा परम्परागत कृषि औजार तालीम आज देखि पुष २४ गते अर्थात १० दिन सम्म जारी रह्ने छ भने उद्यमशीलता विकास तालीम पुष २४ गते देखि फागुन २३ गते अर्थात ६० दिन सम्म चल्ने छ । तालीममा खुकुरी सँगै कृषि कार्यमा प्रयोग हुने सामाग्रीहरु बनाउन सिकाउने र उद्यमशीलता तालिम अन्तर्गत अल्लो धागोबाट निर्माण हुने सामाग्रीहरु सिकाउने आयोजकले बताएको छ ।

- Advertisement -
Ad image

तालीममा थबाङ गाउँपालिकाका करिब २२ जनाको सहभागिता भएको बताइएको छ । घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका सहजकर्ता प्रेम बहादुर विष्टको स्वागत मन्तव्य बाट सुरु भएको तालिम उद्घाटनको प्रमुख अतिथि थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले तालिमको ब्यानर पढेर उद्घाटन गर्दै अहिलेको समय अनुसार प्रविधि मुलुक सीप सिक्नु आवश्यकता रहेको बताउनुभयो ।
साथै आफूले आर्जन गरेको सिपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै बुढा मगरले भने“तपाईहरु सीप सिकेर त्यतिकै नबस्नु होला र सधैं आफ्नो पालिकाले सहयोग गर्ने समेत“बताउनुभयो।घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका प्रमुख तारा प्रसाद शर्माले पहिले सदरमुकाम लिबाङ्मा मात्र सिमित हुने तालिम अहिले पालिकाको कुना कुनामा पुगेको समेत बताउनुभयो ।

पहिले परम्परागत रूपमा गर्दै आएको सिपलाई अहिले प्रविधिहरु सँग जोडिएर जिविकोपार्जको लागि स्वरोजगार बन्नु पर्ने समेत बताउनुभयो । आफूहरूले दिएको तालीमबाट सीप सिकेर व्यावहार मुखी बन्न समेत आग्रह गर्नुभयो।तालीम उद्घाटन कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका पाँचौ सहायक प्रमुख किरण अधिकारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्