Ad image

न्यायिक समितिले गरेका कार्यहरुबाट सेवाग्राहीहरु खुशि छन् :- उपाध्यक्ष थापा

मालश्री खबर
मालश्री खबर १४ पुष २०७९, बिहीबार
3 Min Read
Aa

मालश्री खबर, पुस १४ , रोल्पा । न्यायिक समितिले गरेका कार्यहरुबाट सेवाग्राहीहरु खुशि भएको सुनिल स्मृति गाउँपालिकाकी उपाध्यक्ष मिना थापाले जानकारी दिनु भयो । गाउँपालिकामै न्यायिक कार्य गर्न सरकारले अधिकार दिएकाले न्याय सम्बन्धी थुप्रै काम सिक्न पाएको थापाको भनाई छ । थापाले दुर दराजमा रहेका पालिका वासिको समस्यालई वडा कार्यलय मार्फत सुचना गरेर मेल मिलाप कर्ताहरुबाट नै समस्याको समाधान गरिएको बताउनु भयो । रेडियो मालश्री बाट प्रशारण हुने जनतासँग सुनिल स्मृति गाउँपालिका कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले यस्तो बताउनु भएको हो ।

आफु निर्बाचित भएर आइसके पछि पीडितलाई थप पीडा हुन नदिएको थापाको भनाई छ । पीडितहरुकै सहमतिमा मुद्दा मालिलालाई सहजीकरण गरी कानुनमा टेकर ब्यवहारिक पक्षमा जाने कुरा बताउनु भयो । यति हुदा हुदै पनि विवादलाई समाधान गर्न केहि कठिनाई भने अझै रहेको जाकारी दिनुभयो । समस्या समाधान गर्दा आउने कठिनाईपालई सहजै रुपमा पार गर्ने गरी आगामी दिनमा कार्य गर्ने उहाँको धारणा रहेको छ ।

न्यायिक समितामा विभिन्न समस्या आउँदा सुरु सुरमा अन्यौलमा परेको बताउदै थापाले अहिले बिभिन्न तामिलम प्राप्त गरे पछि समस्या समाधानमा सहज भएको बताउनुभयो । न्यायका लागि आएका व्यक्तिहरुबाट पनि थापाले थप कुरा सिक्ने अवसर प्राप्त गरेको बताउनुभयो । गाउँपालिकामा महिलाको तुलनामा पुरुषहरु अन्यायमा नपरेको थापको भनाई छ । गाउँपालिका भित्र पुरुषहरु लेनदेनको विवादमा न्यायिक समिति सम्म आनउने गरेका छन् । त्यस्ता विवादलाई न्यायीक समितिले सहजै रुपमा मिलापत्र गरेपछि खुशिका साथ फर्कने गरेको थापाले बताउनुभयो ।

नेपाली समाजले महिलालाई अझै पनि दोस्रो दर्जामा हेर्ने गरेको बताउदै महिलाले मात्र घर व्यवहार हेर्नु पर्छ, घरकै काम मात्र गर्नु पर्छ भन्ने परम्परागत मूल्य र मान्यताले कहि कतै महिलाहरु बढि हिंसामा पर्ने गरेको थापको भनाई रहेको छ । अबका महिला पनि चुलो चौकोमा मात्र सिमित हुने हो भने अझै हिंसा बढ्ने भएकाले अब महिला आफैले आफ्नो नेतृत्व विकास गर्नू पर्ने आबश्यकता रहको औल्याउनु भयो ।

- Advertisement -
Ad image

परम्परागत मूल्य र मान्यतालाई आत्मसाथ गर्दै ति परम्परालाई अहिलेको प्रविधी र विकास सँगसँगै अंगाल्नु पर्ने थापको भनाई छ । वडा तथा पालिकामा हुने विभिनन सभा सम्मेलन तथा महिलाको सीप विकासको लागि दिने तालिममा सक्रियताका साथ सहभागी जनाउन समेत आग्रह गर्नु भयो । यसले महिलालाई थप प्रेरीत र नेतृत्वदायी भुमिका खेल्ने बताउनु भयो ।

समाजमा हुने विभिनन गतिबिधीमा महिलाले आफ्नो सक्रियता बढाएमा हिंसा कम हुने थापाले बताउनु भयो । ‘अबको २१ औ शताब्दिमा पनि मलाई कसैले अधिकार सुम्पेलार मैले कार्य गरौला भन्ने मान्यता राख्यौँ भने आफै पछार्डिे परिन्छ’ थापाले थप्नुभयो । सबैकुरा एकै पटक सम्भव नहुने भएकाले सिक्दै आफु र आफ्नो समाज सम्पुर्ण वर्गको विकास गर्नु पर्ने आजको अवश्यकता रहेको थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array