Ad image

न्यू भिजन बाल अधिकार मञ्च रोल्पाको ११ औं बार्षिकोत्सवको उद्घाटन

मालश्री खबर
मालश्री खबर १३ पुष २०७९, बुधबार
2 Min Read
Aa

मालश्री खबर, पुस १३ , रोल्पा । न्यू भिजन बाल अधिकार मन्च रोल्पा नगर पालिका वडा नं ४ रोल्पाको ११ औ बार्षिक उत्सब आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । रोल्पा नगरपालिकाको सहयोग, युनिक पब्लीकेशन, बेदान्द पब्लीकेशन, जलजला क्याम्पस रोल्पाको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक न्यु भिजन बाल अधिकार मञ्चले जनाएको छ ।

बाल अधिकार मञ्चका अध्यक्ष आयुष कवँरको अध्यक्षता तथा रोल्पा नगर पाािलकाका मियर सुरेन्द्र थापा घर्ति रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती थापा घर्तिले आजका बालबालिका देशका कर्णदार भएकाले अहिलेका बालबालिका भविश्य देशलाई बढि खेलकुद क्षेत्रमा लागेको उहाँले बताउनुभयो । बालबालिका स्वस्थ रहनको लागि पनि फुटबल खेल तथा बिभिन्न खेलको आवश्य पर्ने थापा घर्तिले बताउनुभएको छ ।

- Advertisement -
Ad image

खेल खेल्नका लागि मैदानमा आइसके पछि एकको जित र अर्काेको हात स्वाभाविक रहेको उहाँको भनाइ रहेका छ । हार भएपछि चिन्तित नरहुन जित भएपछि घमण्ड नगर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा विद्यालय ङब्यवस्थापन समितीका अध्यक्ष दामोदर प्रसाद सुबेदी, बाल मन्दिर आधारभुत विद्यालय लिबाङ रोल्पाकी प्रधानाध्यापक भगवती मल्ल, रोल्पा शहरी खानेपानी उपभोक्ता समिति अध्यक्ष लिलाधर आचार्य, नेपाली काँगे्रस रोल्पाका सचिब शेर बहादुर थापा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिन लोचन मगर, रोल्पा नगरपालिका प्रेस संयोजक देबि गुरुङ, रेडियो मालश्रीका राजेश समर्पण नेपालीलगाएतको आथित्यता रहेको थियो ।

११ औ बार्षिक उत्सवको अवसरमा मावि स्तरिय छात्र फुटबल प्रतियोगिता, मावि स्तरिय छात्रा मिनिफुटबल प्रतियोगिता, माबि स्तरीय नृत्य प्रतियोगित, आधारभुत तह स्तरिय हाजिरी जवाफ प्रतियोगिता र प्रावि स्तरीय बालगित प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

उद्घाटन कार्यक्रमको सन्चालन बाल अधिकार मन्चका सचिब सुजन घर्तिले गर्नुभएको थियो । बार्षिक उत्सबको अबसरमा आयोजना गरिएको प्रतियोगिताहरु यहि पौष १६ गते सम्म चल्ने आयोजकले बताएको छ । फुटबलको उद्धघाटन रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तिले गर्नुभएको आयोजनले मालश्री खबरलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array