Ad image

रोल्पा जिल्लाको पाँचौ जिल्ला सभा सम्पन्न – सभाबाट किशोर किशोरी कार्यविधी २०७९ पारित

मालश्री खबर
मालश्री खबर १३ पुष २०७९, बुधबार
3 Min Read
Aa

उमा बस्नेत/ मालश्री खबर पौष १३ गते रोल्पा ।
जिल्ला समन्वय समिति रोल्पाको पाँचौ जिल्ला सभा लिबाङमा सम्पन्न भएको छ । सभाले बिभिन्न नीति तथा कार्यक्रम सम्बन्धी महत्वपूर्ण निर्णय गर्नुको साथै किशोर किशोरी जिल्ला सञ्जाल परिचालन कार्यविधि २०७९ समेत पारित गरेको जिल्ला समन्यव समिती रोल्पाले जानकारी दिएको छ । जिल्ला समन्वय समिती रोल्पाकोकी प्रमुख सिता आचार्यका अध्यक्षतामा भएकोसभाले जिल्ला समन्वय समितिको मातहतमा रहेको जाग्गा सुनिलस्मृती गाउँपालिकालई भोग चलनको लागि दिने भनी संघिय मामिला मन्त्रायलयमा पठाउने निर्णय गरेको जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारले जानकारी दिनु भयो ।

साथै सभाले संघिय मामिला मन्त्रालयबाट प्राप्त बजेटहरु पास गर्ने निर्णय पनि गरेको छ । मन्त्रालयबाट कर्मचारीको तलब, पदाधीकारीको सेवा सुविधा, अनुगमन, निरीक्षण लगाएतमा आएको बजेटलाई सहमतिका साथ पारित गरेको जनाएको छ । जिल्ला समन्वय समिति रोल्पाको बुधबार सम्पन्न भएको सभाले किशोर किशोरी कार्यविधी २०७९ पारित गरे पछि कार्यविधिले बाल विबहा न्यूनिकरणका विषयमा महत्वपुर्ण भुमिका खेल्ने बताइएको छ ।

- Advertisement -
Ad image

जिल्लामा भएका बाल विबहाका कार्यक्रमलाई एकरुपता लिने उद्देश्यले कार्यविधि बनाएको जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्यले बताउनु भयो । यसै कार्यक्रमबाट रोल्पा जिल्लामा रहेका प्रत्येक गाउँपलिका बाट २/२ जना किशोर किशोरी सहभागी गराई किशोर किशोरी सञ्जाल गठन गर्ने बताएको छ । गठन भएको सञ्जालमा संलग्न किशोर किशोरीलाई बालविह न्यूनिकरण सम्बन्धी जानकारी दिने गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यी कार्यक्रमलाई सम्पुर्ण गाउँपालिकामा विस्तृत रुपमा सञ्चालन गर्ने सभाले निर्णय गरेको छ । सभाको सञ्चालन जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्यले गर्नु भएको थियो । जिल्ला समन्वय समितिको आज भएको सभामा विभिन्न सदस्यहरुले आ—आफ्नो धारण समेत व्यक्त गरेका थिए । जिल्ला सभामा सभाका सभाअध्यक्ष सिता आचार्यले रोल्पा जिल्लामा बालबिबाह न्यूनिकरणको लागी किशोर किशोरी जिल्ला सञ्जाल परिचालन कार्यविधि २०७९ किन आवश्यक छ भनेर सभाका सदस्यहरुलाई प्रकाश पारिदिनको लागी यु.एन.एफ.पिए. रोल्पाका जिल्ला संयोजक केदार राणालाई ५ मिनेटकाे समय दिइएको समेत जिल्ला समन्वय समिती रोल्पाले जानकारी दिएको छ ।

सभामा जिल्लाका सम्पुर्ण गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, जिल्ला समन्वय समितिका कर्मचारी, लगाएतकाे उपस्थिति रहेको थियो । यसै विषयमा साझ साढे ६ बजे मालश्री सम्बाद कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारसंग कुराकानी गर्ने रेडियो प्रशासनले जनाएको छ ।

  

प्रतिक्रिया दिनुहोस्

Array