रोल्पा नेत्रहीन संघद्धारा बिभिन्न माग राख्दै रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिलाई  ज्ञापन पत्र

मालश्री खबर
मालश्री खबर १२ पुष २०७९, मंगलवार
4 Min Read
Aa

मालश्री खबर, पुस १२ , रोल्पा ।
रोल्पा नेत्रहीन संघ रोल्पाले बिभिन्न माग राख्दै रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिलाई ज्ञापन पत्र बुझाएको छ । संघले बिभिन्न छ बुढे माग राख्दै नगरप्रमुख लाई ज्ञापन पत्र बुझाएको रोल्पा नेत्रहीन संघले रेडियो मालश्रीलाई जानकारी दिएको छ । नेपालको संबिधानमा उल्लेख भए अनुसार अपांगता भएका व्यतिहरुले पाउने ५ वटा मौलिक हकको व्यवस्था अनुसार आफुहरुले स्थानिय सर सँग आफ्नो हक अधिकार माग गर्दै ज्ञापन पत्र बुझाएको रोल्पा नेत्रहीन संघ रोल्पाका सचिव शिसिर डाँगीले जानकारी दिनु भएको छ ।

मौलिक हकमा उल्लेख भए अनुसार आफुहरुले पाउनु पर्ने शिक्षाको हक, सम्मान पुर्वक बाच्न पाउने हक, वालवालिकाको हक,सामाजिक न्यायको हक र सामाजिक सुरक्षाको हक भित्र रहेर नै ज्ञापन पत्र बुझाएको सचिव डाँगीले बताउनु भएको छ । रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्तिलाई बुझाएकोे ज्ञापन पत्रमा भनिएको छ । रोल्पा जिल्लामा रहेका तिन वटा श्रोत शिक्षको सत्तामा सपांग शिक्षक रहेका ति कोटामा अपांग शिक्षक भर्नाको व्यवस्था मिलाउनु पर्ने ।

तिन वटै श्रोत कक्षाहरुमा शिक्षाको गुणस्तर बुद्धिका लागी थप अपांग मैत्री शैक्षिक सामाग्री र खेलकुद सामाग्रीको यथोचित व्यवस्था गरिनु पर्ने, अपांगता भएको व्यतिहरुको आय आर्जन र शसक्तीकरणका लागी सिप मुलक र क्षमता विकास तालिमको व्यवस्था गरिनु पर्ने, जिल्ला का तिन वटै श्रोत कक्षाहरमा अपांग मैत्री भवन नंहुदा अपांगता भएका बिद्यार्थिलाई कठिनाई भोग्दै आएको हुनाले श्रोत कक्षालाई अपांग मैत्री बनाउन आवश्य बजेत व्यवस्था गर्नु पर्ने, तिन वटै बिशेष कक्षाको पठन पाठनलाई थप प्रभाबकारी बनाउन आवश्यक कार्ययोजना सहित अघि बढ्नको लागी पहल गर्नु पर्ने र रोल्पा तिन वटै श्रोत कक्षामा अध्यापन गराउने अपांग शिक्षक नभएकाले हाल जिल्लामै त्यस्तो जनशक्ति उत्पादन भएकाले नगरपालिका बाट अनुदान शिक्षको रुपामा ति बिद्यालयहरुमा अपांग शिक्षक भर्ना गर्न पहल गर्नु पर्ने मागमा भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिले रोल्पा नेत्रहीन संघ रोल्पाले राखेको माग प्रति आफु गम्भिर भएर कामहरु पुरा गर्न लाग्ने र पहल गर्ने बताउनु भएको छ । रोल्पा नगरपालिका सधै अपांगता भएका व्यक्तिहरुको पक्षमै भएको समेत प्रमुख घर्तिले बताउनु भयो । अहिले पनि रोल्पा जिल्ला भरका सबै अपांगता भएका व्यतिहरु एक ठाँउमा हुन नसकेकोमा दुःख व्यक्त गर्दै सबै अपांगता भएका व्यक्तिहरु एक भएर आफ्नो हक अधिकार प्राप्तीका लागी लाग्न समेत आग्रह गर्नु भएको छ ।


ज्ञापन पत्र बझ्ने क्रमै रोल्पा नगरपालिा प्रमुख प्रसासकिय अधिकृत महेन्द्र पराजुलीले म अपांगता होइन छैन् तर पनि मेरो परिवारमा हुन सक्क भनेर सबै अपांगता भएका व्यक्तिहरुलाई दया र माया गर्नु पर्ने बताउनु भएको छ । बाच्न पाउने अधिकार सबैको भएको हुनाले अपांगता भएका व्यक्तिहरुको लागी सबै संबेदनशिल हुन पर्ने समेत प्रमुख प्रसासकिय अधिकृत पराजुलीले बताउनु भएको छ । रोल्पा जिल्ला भर रहेका बिशेष कक्षा संचालन हुने तिन वटा बिद्यालयलाई एकिकृत गर्न सकेमा राम्रो श्रोत कक्षा संचालन गर्न सकिने भएको हुनाले त्यतातिर पनि रोल्पा नगरपालिकाको ध्यान गएको बताउनु भएको छ । रोल्पा नगरपालिकाले आफ्नो नगर भित्रका अपांगता भएका सबै व्यतिहरुलाई समेतन खालको कानुन ल्याउने पक्षमा भएको समेत बताउनु भएको छ ।

रोल्पा नेत्रहीन संघ रोल्पाका अध्यक्ष चित्र बहादुर डाँगीको अध्यक्षतामा भएको ज्ञापन पत्र बुझाउने कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ति , प्रमुख प्रसासकिय अधिकृत सुरेन्द्र पराजुली, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, निबर्तमान अध्यक्ष महेश न्यौपाने, पुर्ब अध्यक्ष खेमबहादुर बुढा, सचिव लोकेन्द्र चन्द, पत्रकार मिनराज रोका लगाएत जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझाउने कार्यक्रमको सहजिकरण नेपाल नेत्रहीन संघ रोल्पाका सचिव शिसिर डाँगीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्