८ नम्बर वडालाई कृषिमा नमुना गाउँको रुपमा परिचित गर्ने:- अध्यक्ष बुढाथोकी

मालश्री खबर
मालश्री खबर ११ पुष २०७९, सोमबार
3 Min Read
Aa

मालश्री खबर, पुस १० , रोल्पा । कुषकहरुले जन उत्पादन गरेर आत्मदेखी काम गरेकोले आफुलाई निकै खुशी लागेको सुनिल स्मति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बताउनुभएको छ । कृषकको खुशीनै गाउँपालिकाको खुशी भएको आफुले महुशुस गरेको बताउनु भयो । रेडियो मालश्री बाट प्रशारण हुने सँबाद कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो । रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नं ८ अरेशमा किसानका एक घर एक करेसाबारी अन्तर्गत सहास नेपालको सहयोगमा एउटै घरमा टमाटर, अदुवा मौरि पालन गरेको देखेर आफु निकै खुशि भएको बताउनुभएको हो । एउटै बोटमा डेढ किलो सम्म अदुवा फल्नुले किसानको मेहनतलाइ बुढाथोकीले कृतज्ञता व्यक्त गर्नुभयो । पहिलो कार्यकाल भौतिक सरंचनाहरुलाई पुन संरचना गर्नमा जोड दिएको बताउदै आगामी दिनमा यी कार्यलाई कार्यान्वयन संगसंगै थप कार्यलाई पनि विस्तार गदै जाने बताउनु भयो ।

 

साथै बुढाथोकीले वडा नम्बर ८ लाई कृषिमा नमुना गाउँका रुपमा परिचित गर्ने अपेक्षा रहेको समेत ब्यक्त गर्नु भयो । उक्त वडामा कृषकहरुले मौरि पालन, अदुवा खेति, मास खेति, तरकारी खेति, मौरि जोन गरेकोे देख्दा बुढाथोकी अत्यन्त उत्साहित हुनुभयो । अन्य कृषकहरुले पनि वडा नम्बर ८ का कृषकहरुबाट थप सीप सिक्नु पर्ने जानकारी दिनुभयो । वडामा उत्पादित भएका बस्तुलाई बिक्रि नहुदा सम्म राख्नको मिल्ने र लामो समय सम्म राख्न कोल्ड स्टोर स्थापनाको लागि पहल गर्ने बताउनुभयो । हरेक फलफुल फल्ने खेती योग्य जमिन भएकाले फलफुल उत्पादनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

 

सहास नेपाल एक बर्ष पछि मात्र रहन्छ, किसानहरु चिन्तित हुँदैनन भन्ने प्रश्नको जवाफमा उहाँले भर्खर मात्रा किसानलाइ जमिनमा टेक्न सिकाएकोले अब केहि समय धैर्य गरि आफ्नो कार्र्यलाई अझै केही समय सम्म पालिकामा सञ्चालन गर्न अनुरोध गर्नु भयो । कृषी खेती गर्न सिकाए सगै अब कसरी आत्म निर्भर बन्न सकिन्छ भन्ने कुरा पनि साहसले सिकाउछ भन्ने कुरामा आफु ढुक्क भएको बताउनु भयो । स्थानीय सरकार भन्दा जनता माथि भएकाकाले जनताको काम गर्न पाउदा आफुलाई खुसि लागेको बताउनु भयो । जनताको के काम गर्नु पर्छ आफु त्यसको लागि आत्तुर रहेकोपनि उहाँको भनाई छ ।

 

विश्वका ठुला ठुला बजारमा होटेलमा पसलमा आर्गानिक उत्पादित तारकारी फलफुल बस्तुको बढि माग हुने गरेकाले ति किसानले उब्जाएका आर्गानिक फलफुल तरकारी हरु आफुल त्यस ठाउँमा पु¥याउने सोच बुढाथोकीको रहेको छ । बुढाथोकी पालिका अध्यक्ष भएपछि सहास नेपालले गरेको किशोर किशोरी सम्बाद कार्यक्रमले अझै उत्साहित बनाएको बताउदै कामको प्रसंशा समेत गर्नु भयो । सहासको यी अतुलनिय योगदानको लागि बुढाथोकीले मनैबाट धन्यबाद ब्यक्त गर्नुभएको छ । साहस नेपालको सहयोगमा कृषकहरुले विभिन्न समुह बनाइ सस्तो ब्याजमा आर्थिक सयहोग, प्राबिधिक सहयोग, अन्य बिउ बिजन, तालिमहरु प्राप्त गरि आर्गनिक तरकारी, फलफुल खेति गर्नमा ८ नं वडाका किसान सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्