Ad image

नेपाली कांग्रेस रोल्पाको २०७९ को निर्वाचन समिक्षा तथा जिल्ला सम्मेलन लिवाङ सम्पन्न

मालश्री खबर
मालश्री खबर ११ पुष २०७९, सोमबार
4 Min Read
Aa

राजेश नेपाली /मालश्री खबर, पुस १० , रोल्पा ।
नेपाली कांग्रेस रोल्पाको स्थानिय तह, प्रदेश सभा र प्रतिनिधी सभा सदस्य निर्वाचन २०७९ को समिक्षा तथा जिल्ला सम्मेलन लिवाङ सम्पन्न भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको नेपाली कांग्रेस रोल्पाले जानकारी दिएको छ । समिक्षा कार्यक्रममा बोल्ने अधिकांस बत्ताहरुले अपेक्षा अनुसार मंसिर ४ गते भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा सफलता प्राप्ती गर्न नसको गुनासो गरेका थिए ।
नेपाली कांग्रेसले मंसिर ४ गते भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा माओबादी केन्द्र लगाएतका अन्य दलहरु सँग गठबन्धन गरेर प्रदेश सभा २ ख मा मात्र आफ्नो उम्मेदवारी दिएको थियो । गठबन्धनको मुख्य शक्ति नेकपमा माओबादी केन्द्रले इमान्दिारीता नदेखाउदा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापती एंव तत्कालिन लोकतान्त्रिक बाम गठबन्धनमा प्रदेश सभा २ ख का साझा उम्मेदवार अमरसिंह पुनले हार्नु परेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिं पुनले आफूहरुलाई गठबन्धन दलले निर्वाचनमा ढोका दिएर हराएको बताउनु भएको थियो । पुनले भन्नु भयो हाकिहरु इमान्दार भयौं र माओबादी केन्द्रका उम्मेदवारहरुलाई भोट हालेर जितायौं तर माओबादी केन्द्रले राजनेैतिक बेमानी गर्दा आफुहरुले पराजय बेर्होनु परेको बताउनु भएको छ । स्थानिय तहको निर्वाचनमा माओबादी केन्द्रको दम्बका कारण रोल्पामा गठबन्धन हुन नसको कुरा समेत नेता पुनले बताउनु भएको छ । स्थानिय तहको निर्वाचनमा हामिले ६०/४० मा सहमति गरौं भन्दा पनि माओबादी केन्द्रले नमानेको समेत आरोप लगाउनु भएको छ । पछि माओबादी केन्दले आफै स्थानिय तहमा नेपाली कांग्रेसले ढोका दियो भनेर रोल्पाली जनतालाई झुक्एर भोट मागेको समेत बताउनु भएको छ ।

नेता पुनले भन्नु भयो स्थानीय तहमा गठबन्धन भएको भए प्रदेश तथा प्रतिनिधि सभा नेपाली काँग्रेसको पनि सफलता पाउने थियो । स्थानीय तहमा ३ वटा पालिका प्रमुख ६ वटा उपाध्यक्ष दिने सामान्य सहमती भएको भए पनि अन्तिममा माओबादी केन्द्रले त्यो नमान्दा स्थानिय तहको निर्वाचनमा गठबन्धन हुन नसकेको जिकिर गर्नु भयो । कार्यक्रममा बोल्दै उहाँले यासपालिको प्रदेश तथा प्रतिनिधि सभा सदस्य चुनावमा ७० ÷ ७५ प्रतिशत मत नेपाली काँग्रेसलाई आँउछ भनेर माओबादी केन्द्रमा माथिल्लो तहको नेताले बताए पनि पछि ५ प्रतिशत मत पनि आफूलाई नआएको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका संथापक पाटी सभापती एंव पुर्ब राज्य मन्त्री सुरेन्द्र हमाल, पुर्ब साहेक मन्त्री भिमकुमारी बुढा, पुर्ब सांसद लेखनाथ आचार्य पुर्ब पाटी सभापतीहरु कृष्ण बहादुर घर्तिमगर र माधब प्रसाद आचार्य, सेन्टर फर डेमोक्रेटीक इन्जिनियर्सका केन्द्रिय सदस्य मन्दीप सुबेदी, नेपाली कांग्रेस रोल्पाका पुर्ब जिल्ला सचिव एंव पाटी प्रबत्ता जित बिक्रम मल्ल, नेपाली कांग्रेस रोल्पाका बरिष्ठ जिल्ला सदस्य मानबहादुर खत्री लगाएतले मनतब्य राख्नु भएको थियो ।

- Advertisement -
Ad image

नेपाली काांगेस रोल्पाका पाटी सभापती किशोर कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रमाको संचालन जिल्ला सचिव तिलक बहादुर बुढाथोकिले गर्नु भएको थियो भने स्वागत मनतब्य उपसभाती हरि बहादुर पुनले राख्नु भएको थियो । कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को पाटीको साङ्गगठनिक प्रतिबदेन जिल्ला सचिव शेर बहादुर थापा र आर्थिक प्रतिबेदन जिल्ला सहसचिव गञ्ज बहादुर महराले प्रस्तुत गर्नु भएको नेपाली कांग्रेस रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array