सहास नेपालले जनताको जिवन स्तर माथि उठाउन ठुलो योगदान पु¥याएको छ, गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकी

मालश्री खबर
मालश्री खबर ९ पुष २०७९, शनिबार
6 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, पुस ९, रोल्पा ।

सहयोगि हातहरुको समुह सहास नेपालले जनताको जिवन स्तर माथि उठाउन ठुलो योगदान पु¥याएको सुनिल स्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिले बताउनु भएको छ । शनिबार सुनिलस्मृति गाउँपालिका वडा नं. ८ अरेशमा कृषकहरुले उत्पादन गरेको अर्गानिक अदुवा खेति र करेसा बारीकाको अनुगमनका क्रममा गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिले यस्तो कुरा बताउनु भएको हो । स्ट्रोम फाउण्डेशन नेपाल, सहयोगि हातहरुको समुह सहास नेपाल, सिइस कार्यक्रम अन्तरगत अर्गानिक तरिका बाट उक्त अदुवा खेति र करेसा बारिमा तरकारी उत्पादन गरिएको सहास नेपाल रोल्पाका जिल्ला संयोजक सरोज पन्थीले जानकारी दिनु भएको छ ।

सो अनुगमन कार्यक्रममा बाल्दै सुलिस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले सहास नेपाल रोल्पाले सुनिलस्मृति गाउँपालिकाको हरेक क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको भन्दै, स्ट्रोम फाउण्डेशन नेपाल र सहास नेपाल प्रति कृतज्ञता व्यक्त गर्नु भएको छ । सहास नेपालले सुरुमा गाउँपालिकाको २ वटा वडामा मात्र आफ्नो कार्यक्रम सञ्चालन गरेको थियो । अहिले पालिका भित्रका विभिन्न ४ वटा वडामा कार्यक्रम संचालन गर्दै आएको छ । सञ्चालित कार्यक्रमको अनुगमन गर्ने क्रममा उहाँले सहास नेपालले गरेको काम राम्रो र नतिजा मुलक भएकाले पालिकाका सबै वडामा यस्ता खालका कार्यक्रम संचालन गर्न समेत आग्रह गर्नु भएको छ ।

सहास नेपालले गाँउपालिकाको विभिन्न गाउँमा गएर कृषक तथा विभिन्न कृषक समुहमा आर्थिक तथा विउ विजन सहयोग गरेको छ । सहास नेपालले नितान्त अर्गानिक वस्तु उत्पादन गर्नको लागी किसानलाई सजग बनाएको वुढाथोकीले बताउनु भयो । सहास नेपालले कृषकलाई दिएको अमुल्य साथ सहयोग पालिकावासीले सधै स्मरण गर्ने समेत बताउनु भयो । गाउँपालिकालाई अर्गनिक बस्तुको उत्पादन गर्ने क्षेत्र भनेर ब्राण्डिङ गराउन यस कार्यक्रमले थप सहयोग पुगेको कुरा उल्लेख गर्नु भयो।

 

हिजोको पुस्ताले गरेको खेति लाई व्यवस्थित गर्न नसकेको कुरा बताउदै अब साहस नेपालले कृषकहरुलाई व्यवस्थित रुपमा खेती गर्न सिकाएको समेत बताउनु भयो । उल्पादन गरेका बस्तुले बजार पाएन भनेर चिन्ता नलिन समेत किसानहरुलाई आग्रह गर्नु भयो । उत्पादन भएको बस्तुलाई बजारिकरण गर्नको लागि गाउँपालिका सधै तत्पर रहको बताउनु भयो । अरेशमा भएका किसानहरु बाट अन्य वडामा भएका कृषकहरुले केहि कुरा सिक्नु पर्ने जिकिर गर्दै अध्यक्ष बुढाथोकीले सहास नेपालले कृषि क्षेत्रमा मात्र नभएर,स्वास्थ्य,शिक्षा र सामाजिक रुपान्तरण गर्दै विभिन्न किशोर किशोरीलाई तालिम दिई उनिहरुलाई सक्षम र सबल बनाएको समेत बताउनु भएको छ ।

सहास नेपालका यी यस्ता कार्यक्रमले गाउँपालिकाको विकासमा थप टेवा पुगेको बुढाथोकीको भनाई छ । साथै पालिकाका जनप्रतिनिधीहरुले पालिका भित्र रहेका सम्पुर्ण व्यक्तिको समस्या समाधान गर्नको लागि सधै प्रतिबद्ध रहेको बताउदै अरेसमा भएको खानेपानिको समस्यालाई पनि अब छिट्टै संघिय सरकार तथा प्रदेश सरकार बाट बजेट माग गरि त्यसको समाधान गरिने समेत बताउनु भएको छ । सहास नेपालको गाँउपालिका सँगको सम्झौता अनुसार अब एक बर्षको सम्झौता कार्यकाल भए पनि सहासले जताको पक्षमा धेरै राम्रो काम गरेको बताउँदै गाँउपालिका अध्यक्ष बुढाथोकिले सहास फेरी पनि सुनिल स्मृती गाँउपालिकामा रहेर काम गर्ने वातावरण बनाउनको लागी आफू लागीराखेका पनि बताउनु भएको छ ।

अनुगमन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिना थापा, वडा न. ८ का वडा अध्यक्ष धनराज रोका, वडा न. ८ का निबर्तमान वडा अध्यक्ष पुर्ण बहादुर पुन, सहास नेपाल रोल्पाका जिल्ला सयोजक सरोज पन्थी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, सुनिल स्मृती गाँउपालिका स्वास्थ्य शाखा प्रमुुख मोतीम आलम, शिक्षा शाखा प्रमुख यादब केसि, पशु शाखा प्रमुख अशोक केसरी, कृषि शाखाका नायव प्राबिधिक साहेक भक्तबिर केसि, गाँउपालिका सहायक कम्प्युटर अप्रेटर दुर्योधन महरा, खानेपानी व्यवस्थापन उपशाखाका नारायण खड्का लगाएत स्थानिय कृषि समुहमा आबद्ध कृषकहरुको उपस्थिती रहेको थियो ।

परम्परागत रुपमा मकै गहु , राम्रो उत्पादन नभए पछि कृषहरुले अहिले अर्गानिक अदुवा खेति गर्न थालेका हुन । उनिहरुले अहिले एउटै अदुवाको बोट बाट १ केजी सम्म अदुवा उत्पादन गरेको बताएका छन । पहिले आफुले खानको लागी केहि तरकारी खोज्न सुलिचौर जाने कृषकहरु अहिले घरमै करेसा बारीमा तरकारी उत्पादन गरे पछि आफुलाइ आवश्यक पर्ने तरकारीहरु बन्दा, साग, धनिया, लसुन प्याज आदी लगाएतका तरकारी उत्पादन गर्ने गरेका छन । अनुमगनका क्रममा कृषकहरुले स्थानिय सरकार तथा सहासलाई धन्यवाद दिदै यस्तो प्रकारको सहयोग निरन्तरताको अपेक्षा समेत गरेका छन ।

कृषकहरुले उत्पादन गरेका करिव ३८ टन अर्गानिक अदुवा अन्र्तराष्ट्रिय वजारमा लैजाने तयारी भइरहेको समेत जानकारी दिइएको छ । कार्यक्रमको सहास नेपाल रोल्पाका कार्यक्रम संयोजक सरोज पन्थिले सहजिकरण गर्नु भएको थियो । अनुगमन कार्यक्रममा बोल्ने अधिकांस कृषकहरुले सहासले आफुहरुको लागी व्याबहार परिबर्तन र जिवन स्तर माथि उठाउनको ठुलो सहयोग पु¥याएको भन्दै खुशि व्यक्त गरेका थिए । सहास अबको एक बर्ष मात्र गाँउपालिकामा रहने भन्दै चिन्ता समेत ब्यक्त गर्दै कृषकहरुले त्यस पछि पनि सहासलाई आफुहरुकै ठाँउमा रहेर काम गर्न समेत आग्रह गरेका थिए । सोहि अवसरमा सुनिल स्मृती गाँउपालिका वडा न. ८ अरेश चिन्नेमा रहेका जनता प्राथमिक बिद्यालयमा संचालित बाल विकास केन्द्रको पनि गाँउपालिका अध्यक्ष बुढाथोकिको टोलीले आनुगमन गरेको आयोजकले जानकारी दिएकोे छ ।

 

प्रतिक्रिया दिनुहोस्