Ad image

अग्निपीडित परिवारलाई खाद्यान्न सामग्री वितरण

मालश्री खबर
मालश्री खबर ९ पुष २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर, पुस ०९, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका – ६ खारामा अग्निपीडितलाई राहात वितरण गरिएको छ । उक्त गाउँपालिका वडा नं. ६ निवासी अग्निपीडित गनबहादुर दमाइलाई खाद्यन्न सामग्री वितरण गरिएको हो । रुन्टीगढी गाउँपालिका र ६ नम्बर वडा कार्यालयको समन्वयमा शुक्रबार राहत वितरण गरिएको थियो ।

रुन्टीगढी गाउँपालिका – ६ का वडा अध्यक्ष घनबहादुर घर्तीले अग्निपीडित परिवार गनबहादुर दमाइलाई अत्यावश्यक खाद्यान्न सामग्री, न्यानो सिरक र त्रिपाल राहत स्वरुप हस्तान्तरण गर्नुभएको थियो । शुक्रबार बिहान गनबहादुर दमाइको घरमा आगलागी हुँदा घरमा भएका खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको रुन्टीगढी गाउँपालिका – ६ का वडा सदस्य गणेश बुढा मगरले जानकारी दिनुभएको छ । घरका ठूला मान्छेहरु सबै बाहिर काम गएको समयमा साना बालबालिकाले आगो खेलाउने क्रममा घरमा आगलागी भएको वडा सदस्य बुढाले बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array