Ad image

सानो लगानिबाट ठुलो ब्यवसायि बन्न सकिन्छ – कार्यालय प्रमुख शर्मा

मालश्री खबर
मालश्री खबर ८ पुष २०७९, शुक्रबार
4 Min Read
Aa

आफ्नो हातमा सिप भए सानो लगानिबाट पनि ठुलो ब्यवसायि बन्न सकिने घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख ताराप्रसाद शर्माले बताउनु भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नं. ६ गजुलमा बाँसको सामाग्री बनाउने तालिमको उद्घाटन कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । घरेलु तथा साना उद्योग कार्यालयबाट प्रदान गरेको तालिमबाट धेरै स्वरोजगार भएको उदारण दिदै शर्माले ब्यवहारमा सिकेको सिपलाई ब्यवसायिकरण गरे घर खर्च जुटाउनमा कुनै समस्या नपर्ने उहाले बताउनु भएको छ ।

बाँसका सामाग्रीहरु बनाउने, सिलाइ काटाई, बुटिक बनाउने, कुचो बनाउने जस्ता थुप्रै तालिमहरु कार्यालयबाट दिइरहेको र यस्ता खालका ब्यवहारीक सिप सिके पश्चात आफुले प्रयोग गर्ने सामाग्रीहरु घरमै बनाउन सक्नुका साथै धेरै भएको सामाग्रीहरु बेचेर आम्दानी समेत गर्न सकिने उहाले बताउनु भयो । यस प्रकारको कार्यबाट ठुलै आर्थिक आर्जन गर्न नसके पनि वालवालिकाको कपि, कलम किन्न, नुन, तेल किन्न तथा घर खर्च गर्न सहज हुने उहाको भनाई रहेको थियो । सुनिलस्मृति गाउँपालिकाको गजुलमा आज देखि ४५ दिन सम्म हुने तालिममा उहाले सहभागिहरुलाई सक्रिय भएर बाँसका सामाग्री बनाउने तालिममा लाग्न आग्रह गर्नु भएको छ ।

भवितब्य बाहेक तालिम १ दिन पनि नछोड्न उहाले आग्रह गर्नु भएको छ । ४५ दिन मध्य ३ दिन मात्र तालिममा छुटे पनि घरेलु तथा साना उद्योग कार्यालयबाट प्रमाण पत्र नदिने समेत उहाले बताउनु भएको छ । तालिम समयमा भए नभएको, सहभागिहरुले तालिममा ध्यान दिएर सिके नसिकेको साथै तालिममा कुनै समस्या आएमा सहजिकरण गरिदिनुका लागि वडाका जनप्रतिनिधी, कर्मचारी तथा स्थानियहरुलाई आग्रह समेत गर्नु भएको छ । यस पटकको तालिममा सहभागिहरुले उत्कृष्ट सिप सिक्न सके यस प्रकारका तालिमहरु आगामि दिनहरुमा गर्न सकिने शर्माले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष लोकेन्द्र थापाले जिज्ञासा लाई सिकाइमा, सिकाइलाई ब्यवसाय र पेशामा जोड्न आग्रह गर्नु भएको छ । ४५ दिन सम्म सिकेको सिपलाई ब्यवहारमा उतारी ब्यवसाय बनेमा मात्र तालिम सफल हुने भएकाले तालिममा सकृयताका साथ लाग्न समेत उहाले आग्रह गर्नु भएको छ । नेपालबाट हातमा केही सिप नभएर अदक्ष कामदार विदेश जाने परिपाटीको अन्त्य गरि आफ्नै देशमा, आफ्नै माटोमा केहि गर्न सकिन्छ भन्ने उदारण तालिमका सहभागिहरुले दिनु पर्ने उहाको प्रतिकृया रहेको थियो । आफुले सिकेको सिपलाई कार्यान्वयन नगरे बालुवामा पानी खनाए जस्तो हुने भएकाले सिकाइलाई कार्यान्वयन गर्न समेत उहाले आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर टिकाराम घर्तीको स्वागत मन्तब्य बाट सुरुवात भएको कार्यक्रमको संचालन कार्यालयका उद्यम विकाश सहजकर्ता प्रेमबहादुर बिष्टले गर्नु भएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख ताराप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथीमा सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष लोकेन्द्र थापा रहनु भएको थियो । कार्यक्रमको अन्य अतिथीहरुमा सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का वडा सदस्य अनिता थापा र सौमति परियार, वडा सचिव मेघबहादुर थापा, रेडियो मालश्रीका पत्रकार गणेश केसी, घरेलु तथा साना उद्योग कार्यालयका प्रशिक्षक गोपिलाल सुवेदी, कम्प्युटर अपरेटर टिकाराम घर्ती लगाएतको आतिथ्यता रहेको थियो ।

आज उद्घाटन गरिएको ४५ दिन सम्म चल्ने तालिममा बाँसको मुढा, कुर्सि, बोर्ड प्लेट, फोटो फ्रेम, ¥याक, गमला लगाएतका बस्तुहरु बनाउन सिकाइने प्रशिक्षक सुवेदीले बताउनु भएको छ । सहभागिहरुले जिज्ञासु भएर छिटो–छिटो सिकेको खण्डमा आफुसंग भएको सबै सिप सिकाउने समेत प्रशिक्षक सुवेदीले बनाउनु भएको छ । तालिम विहान १० बजेबाट सुरु भएर साँझ ४ बजे सम्म चल्ने छ । बाँसबाट बन्ने सामाग्रीहरु बनाउने क्रममा कुनै समस्या आए तालिमको समय भन्दा अन्य समयमा पनि आफुले सिकाउने प्रशिक्षक सुवेदीले बनाउनु भयो । तालिममा ५ जना पुरुष र १२ जना महिला गरि १७ जनाको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालय रोल्पाले बताएको छ । तालिममा आवश्यक पर्ने सामाग्री, कच्चा पदार्थ समेत कार्यालयले उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array