Ad image

तेक्वान्दो सङघर्ष–२ वर्ष थलिदा हटेन मोह, प्रशिक्षक देखि अन्तर्राष्ट्रिय स्वर्ण पदक सुनिता

मालश्री खबर
मालश्री खबर ७ पुष २०७९, बिहीबार
5 Min Read
Aa

मालश्री खबर, पुस ०७, रोल्पा ।
गत मंसिर २३ र २४ गते मलेसियामा आयोजित ‘मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन सीप २०२२’ प्रतियोगीतामा नेपालको तर्फबाट स्वर्णपदक पाउन सफल सुनिता बिष्टलाई सम्मानको क्रम अहिलेसम्म चलिरहेकै छ ।
उक्त प्रतियोगीतामा बिष्टले नेपालका लागि एक स्वर्ण र एक रजत गरी दुई पदक जित्न सफल भएकि थिइन। विभिन्न १३ देशका प्रतिस्पर्धि प्रतियोगीलाई पछि पार्दै बिष्टले पियर पुम्सेमा स्वर्णपदक र एकल पुम्सेमा तेस्रो हुँदै रजत पदक जित्न सफल भएकि हुन।

अहिले सुनितालाई खेलकुदका विभिन्न विधा संम्बध संगठन, उनी अध्यनरत र कार्यरत विद्यालयहरु सहित विभिन्न निकायले राष्ट्रिय झण्डा ओेढाएर सम्मान गरिरहेका छन ।
को हुन सुनिता, कसरी जाग्यो तेक्वान्दो मोह ?
रोल्पाको साविक गुम्चाल गाविस –८ तल्लो गुम्चालमा २०५६ असार ३० गते बुवा जगत बिष्ट र आमा ज्ञानु बिष्टको कोखबाट जन्मिएकि २३ वर्षिय सुनिता पढाइमा कक्षा एक देखिने पहिलो स्थान ओगटदै आएकाले उनलाई सबैले पढन मात्रै हौसला दिने र यताउता नलाग्न भनेपछि खेलको मोह लागे पनि प्रत्यक्ष रुपमा हेर्न र खेल्न नपाएको उनले आफनो बाल्यकालको अनुभव रहेको बताइन ।
सुनिताको सामान्य परिवार रोल्पाबाट २०६६ सालमा दाङको घोराही उपमहानगरपालिका –१७ मा बसाइँसराइ गर्याे। एक दिन बजार जान दाङ स्थित नारायणपुर हिडेकि सुनिताले नारायणपुर स्थित विपि बाटिकामा एक जना महिला प्रशिक्षकले तेक्वान्दो सिकाई रहेको र अरुले खेलिरहेको देखेपछि सुनितालाई पनि खेल्न मन लाग्यो तर यसै पनि विकट मानिने रोल्पा झन ग्रामीण परिवेशमा हुर्केकि उनलाई खेलकुद बारे कुनै सामान्य जानकारी समेत नभएको उनले त्यो अनुभव बताउँछिन्। उनलाई त्यो के खेल हो ? भन्ने सम्म थाहा नभएको सुनिता बताउँछिन् ।
खेल भन्दा पनि उनिहरुले लगाएको गेमसेटले आफ्नो मन खिचेको उनी बताउँछिन्। त्यसपछि घर फर्किएर बुवाआमा संग त्यो खेल खेल्ने भन्दै जिद्दी गर्न थालिन। जसबेला उनी कक्षा सातको अन्तिम तिर अध्यनरत थिइन त्यसपछि उनको बुवाआमाले परीक्षा गरिसकेपछि मात्रै खेल्न भनेपछि उनले सुरुमा खेलक्षेत्रमा प्रवेश गरेको २०७० जेठ २ गतेलाई आधार मान्ने गरेकि छन ।

जुनदिन उनले तेक्वान्दो सिक्न सुरु गरिन । जम्मा ४० जना सहभागी मध्ये केटी सुनिता एक्लै थिइन। सुरुवाती दिनमा निकै गाह्रो भएपछि विस्तारै सबैले छोडन थालेपछि अन्तमा आफू सहित चार जना मात्रैले सिकेको उनले स्मरण गर्छिन। दिनभर विद्यालयमा पढेर विद्यालय विदा भएपछि त्यहि बाटै उनी तेक्वान्दो सिक्न गएर राति ८ बजे घर फर्किने उनको दैनिकी बन्न थाल्यो।

- Advertisement -
Ad image

पढाइ र तेक्वान्दो संगसंगै अघि बढाइरहेकि सुनिताको एसइई परीक्षामा केही असन्तुष्ट नतिजा आएकोमा दुखेसो गर्छिन। उनि भन्छिन; एसइईमा भनेजस्तो राम्रो गर्न सकिन तर कक्षामा रहेका जम्मा ४३ जना मध्ये म पहिलो थिए,तर अंक राम्रो लिन सकिन ।

त्यसपछि विज्ञान विषय लिएर पढने सोचमा क्याम्पस भर्ना भएर पनि तेक्वान्दो र पढाइको समय मिलाउन नसकेपछि विज्ञान छोडेर व्यवस्थापन पढन सुरु गरेको उनी बताउँछिन् ।
तेक्वान्दो सिक्दासिकदै दुई वर्षको ब्रेकपछि पुनःस्थापित बनिन सुनिता
तेक्वान्दो सिकिरहेको अवस्थामै २०७३ मंसिर ११ गते अचानक बिरामी परेपछि दाङमा उपचार गरेर सुधार नभए पछि जानेक्रमा २०७३ पुस ६ गते मसोट खोलाको घुम्तीमा दुर्घटना परेपछि झन उनको अवस्था जटिल बन्यो। हात भाचियो, टाउकोमा गम्भीर चोट लाग्यो कोहलपुर स्थित दसविघा हस्पिटलमा तीन महिनाको उपचारमै बसिन। उनको हातमा रड राखेका कारण झन्डै दुई वर्ष उनी तेक्वान्दो सिक्न पाइनन। उनी भन्छिन्; ञमेरो स्वास्थ्य अवस्था हेर्दा अब म पहिलेको अवस्थामा फर्किन्छु जस्तो लाग्दैन थ्यो मेरो खेल सिकाइमै दुई वर्ष ब्रेक लाग्यो ।
खेलको आफुलाई नसा नै लागेकाले मनमा तेक्वान्दोको हुटहुटि हराएन। हातको रड निकालेर थप चार महिनाको आराम पछि फेरि तेक्वान्दोमै फर्किएको सुनिता बताउछिन। त्यो समयलाई उनले आफू खेलमा पुनःस्थापित भएको भन्छिन ।
त्यसपछि प्रतिस्पर्धात्मक रुपमा मैदान उत्रिन थालिन विभिन्न जिल्ला र प्रदेश स्तरीय प्रतिस्पर्धाबाट उनको खेल युद्ध सुरु भएको बताउदै उनी भन्छिनः जिल्ला र प्रदेश स्तरीय धेरै प्रतिस्पर्धामा सहभागी कतै हारियो कतै जिते तर म त्यसलाई पनि सिकाइकै रुप लिन्थे।झ राष्ट्रिय स्तरमा १५ पटक र अन्तर्राष्ट्रिय स्तरमा भारत र मलेसियामा खेल्ने अवसर पाएकि छन ।
खेल्दा खेल्दै प्रशिक्षक बनिन्
सबैभन्दा पहिला सुनिताले घोराही उपमहानगरपालिका –१४ मा रहेको अल्फा तेक्वान्दो डोजाङमा सिकाउन थालिन। त्यसपछि राज विद्या र सभ्यता स्कुलमा पनि तेक्वान्दो शिक्षिकाको रुपमा अहिले पनि काम गरिरहेकि छन ।
सिक्दै र सिकाउदै गर्दा प्रतिस्पर्धामा समेत उत्रिएकि सुनिताले आफ्नो र परिवारको प्रतिष्ठा त छदैछ देशकै प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा पनि राख्न सफल भएकि छन उनी भन्छिन; ञसकभर जे गरेको छु त्यहि गरेर परिवार, समाज र राष्ट्रको नाम राख्ने छु, अब आउने सङघर्ष र परिणाम कस्तो हुन्छ थाहा छैन । अहिले सुनिता बिबिएस तेस्रो वर्षमा अध्यनरत गर्दै तेक्वान्दो खेल्ने र खेलाउने काम गरिरहेकि छन । साभार जनसाहारा

प्रतिक्रिया दिनुहोस्

Array