Ad image

रुन्टिगढी गाउँपालिका निवासी गिरीद्धारा भवन बनाउनको लागि जग्गा दान

मालश्री खबर
मालश्री खबर ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, पुस ०५, रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिकाका एक जना बृद्धले भवन बनाउनको लागि जग्गा दान गर्नुभएको छ । रोल्पाको होलेरीमा आयोजना गरेको मोतियाविन्दुको छनोट शिवरमा आँखा जाँच गराउन आउनुभएको रुन्टिगढी गाउँपालिका वडा नम्बर ६ सरिचर निवासी ७६ बर्षका वृद्ध आशाराम गिरिले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौलाई शाखा कार्यालय भवन बनाउनको लागी जग्गा दान गर्नुभएको हो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ, जिल्ला सामुदायिक आँखा केन्द्र लिवाङ र नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको आयोजना तथा स्थानीय संघसंस्थाहरुको सहयोगमा आयोजना गरिएको छनोट शिविर कार्यक्रममा गिरि ले जग्गा दान गर्नुभएको हो । उहाँका अनुसार उहाको श्रीमतीलाई आखाको समस्या भएपछी दाङ आँखा अस्पतालमा उपचार गराउदा धेरै दुःख भोग्नु परेको र त्यो आफुलाई परेको दुःख जस्तो अरु आखाको समस्या भएका बिरामिले भोग्न नपरोस भन्नका लागि आफुले आँखा अस्पताल भवन बनाउन जग्गा दान गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array