Ad image

गौतमले पठाए सर्वोच्च अदालतमा जवाफ

मालश्री खबर
मालश्री खबर ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर, पुस ०३, रोल्पा । संघीय संसद्का महासचिव डा.भरतराज गौतमले आइतबार सर्वोच्च अदालतमा जवाफ पठाउनुभएको छ ।

निलम्बित अवस्थामै सेवा निवृत्त भएका सर्वोच्चका निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ‘निस्प्रभावी’ भएको भन्दै गौतमले गएको मंसिर २१ गते पत्र थमाउनुभएको थियो । त्यो पत्र दिने अधिकार महासचिवलाई नरहेको र अधिकार क्षेत्रबाहिर गएर लेखिएको पत्र कार्यान्वयन नगर्नरनगराउन भन्दै सर्वोच्च बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसहितले रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चको संवैधानिक इजलासले सो पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । अन्तरिम आदेशसँगै महासचिवलाई कारण देखाऊ आदेश जारी गरेको थियो ।

उक्त आदेशको जवाफमा गौतमले महाअभियोग निष्क्रिय भएको निर्णय आफूले गरेको नभई प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको जानकारी मात्र गराएको बताउनुभएको छ ।

- Advertisement -
Ad image

महासचिव डा.गौतमले जवाफको विषयमै उक्त रिट खारेजीको माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्