Ad image

पहिलेको महिला र अहिलेको महिलामा धेरै भिन्न आएको सुनिल स्मृति गाउँपालिका-: उपाध्यक्ष थापा

मालश्री खबर
मालश्री खबर १ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर, पुस ०१, रोल्पा, उमा बस्नेत । गाउँमा पहिले पहिले महिलाहरु चुलो चौकोमा सिमित हुने महिलाहरु बोल्न डराउने आफ्नो नाम भन्नै नसक्ने ठेगाना थाहा नपाउने ति महिलाहरु अहिले आएर कुनै सभा तालिममा आफ्नो नाम ठेगाना पेशा सबै भन्ने गरेको सुनिल स्मृती गाउँपालिका उपाध्यक्ष मिना थापाले बताउनु भएको छ । सहास नेपालको सहयोगमा अहिले गाउँ घर तिरका महिलाहरुले स्वालम्बन समुह गठन गरि कृषि पेशा मार्फत आत्म निर्भर बन्न सफल भएको बताउनु भएको छ । रेडियो मालश्रीबाट प्रशारण हुने कार्यक्रममा जागरण कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।

पहिलेको महिला र अहिलेका ति महिलाहरुमा धेरै आमुल परिवर्तन आएको समेत उहाले बताउनु भयो । अहिले गाउँ गाउँमा महिलाहरुले समुह गठन गरि तरकारी खेति फलफुल खेति गरेर मनग्गे आम्दानी गर्ने गरेका छन । पहिले पहिले आफुहरुले खानको लागि मात्र तरकारी खेति गर्ने गरेकोमा अहिले समुह बनाएर ब्यवसायी खेति गर्ने गरेको सुनिल स्मृती गाउँगालिका वडा नं २ दुई खुङग्री रोल्पाकी तरकारी खेती गर्दै आउनु भएकी लालि गुराश स्वाबलम्बन समुहकी अध्यक्ष जयन्ति थापाले बताउनु भयो । उहाले साहस नेपालको सहयोगमा आफुहरुले अहिले तरकारी खेति गरि आफहरु आत्मनिर्भर बनेको बताउनु भयो ।

उहाँले आफुहरुले बिभिन्न संघ संस्थाबाट कृषि सम्बन्धि तालिमहरु प्राप्त गरि अहिले तरकारी खेतिमा राम्रो आम्दानी भएको समेत बताउनु भयो । उहाँले तालिमबाट आफै किटनासक औषधि देखि लिएर तरकारी बालिलाइ चाहिने मल जल समेत आफै बनाउने बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै सुनिल सुनिल गाउँपालिका वडा नँ ७ तेबाङमा रहेको प्रगतिसिल स्वाबलम्बन समुहका सदस्य साहिराम पुनले आफुको पनि मुख्य पेशा भनेको कृषि भएको हुनाले पहिले आप्नो लगानिबाट फलफुल उत्पादन गरेकोमा बजारिकरण नभएमाको गुनासो पोख्नुभयो ।

 

- Advertisement -
Ad image

पछि सहास नेपालको सहयोगमा आफुले ओखरका बिरुवा लगाएत तरकारी खेति गरेर सन्तुष्ट भएको बताउनु भयो । यसरी कृषकहरुले लगाएको तरकाररि फलफुल खेतिमा अझ कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने सवालमा गाउपालिका उपाअध्यक्ष थापाले हामिले बाहिर तराइबाट आएका तरकारी फलफुल भन्दा पनि आप्नै गाउघरमा फलेको आर्गनिक तरकारी खान पाएको बताउदै उहाले आर्गनिक तरकारी फलफुलाई बजारीकरण गर्नमा आफुहरुले पनि पालिकाबाट केहि प्लान गरेको बताउनु भयो । जस्तै बाहिर बाट आउने तरकारी फलफुलाई बिस्तारै निषेध गर्दै जाने, चिस्यान केन्द्र बनाउने जस्ता कुरामा जोड दिनु भएको छ ।

उहाँले कृषीमा आत्म निर्भर बन्नको लागि पालिकाबाट तालिमहरु दिइने, किटनाश औषधिहरु बितरण गरिने बेमौसमि तरकारीको लागि आबस्यक पर्ने समान हरु उपलब्ध गराउने, टनेलको ब्यवस्था गरिदिने बताउनु भयो । उहाँले तरकारी फलफुल खेतिमा कृषकहरुलाइ कृषी पेशामा उत्साहित गराएकोमा साहस नेपाललाई धन्यबाद समेत ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array