Ad image

स्थानीय तहमा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा विषयक सार्वजनिक सुनुवाई कार्यक्रम लुङ्ग्री गाउँपालिकामा सम्पन्न

मालश्री खबर
मालश्री खबर २७ मंसिर २०७९, मंगलवार
3 Min Read
Aa

राजेश नेपाली / मालश्री खबर मंसिर २८ गते रोल्पा

स्थानीय तहमा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा विषयक सार्वजनिक सुनुवाई कार्यक्रम लुङ्ग्री गाउँपालिकामा सम्पन्न भएको छ । लुंग्री गाउँपालिकाको आयोजनामा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार गरिएको आयोजकले जानकारी दिएको छ । लुङग्री गाउँपालिका रोल्पाको आयोजना, पास नेपाल रोल्पा, आईपास नेपाल रोल्पाकोे सहयोगमा र रेडियो मालश्री रोल्पाको सहजिकरणमा सार्वजनिक सुनुवाई गरीएको बताइएको छ ।

गाउँपालिकामा बर्तमान अवस्थामा, सुरक्षित गर्भ पटन, यौन तथा प्रजनन् स्वास्थ्यको समस्याका बारेमा छलफल गरिएको थियो । प्रजनन् स्वास्थ्यको बारेमा सम्पुर्णलाई सुचना दिनको लागी पालिकाले के—कस्ता कार्यहरु गरिरहेको छ । प्रजनन् शिक्षा दिनको लागी किशोर किशोरीलाई के—केस्तो शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकामा प्रजनन् स्वास्थ्यको अवस्था कस्तो रहेको छ । भन्ने बिषयमा समेत छलफल गरिएको थियो ।

- Advertisement -
Ad image


सुरक्षित गर्भपतनको लागी कहाँ जाने , सुरक्षित गर्भपतन नगर्दा के कस्ता असर देखा पर्दछन् र सुरक्षित गर्भपटन गर्दा केफाइदा हुन्छ भन्ने लगाएतका बिषयमा समेत छलफल गरिएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सुरक्षित गर्भपटन सेवा र प्रजनन् स्वास्थ्यको सेवालाई चुस्त रुपमा प्रभाकारी बनाउनको लागि गाउँपालिकाले के गर्न सक्छ र गाउँपालिकामा सहज रुपमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा उपचार तथा जानकारी लिन सकिन्छ भन्ने बारे छलफल भएको थियो ।

कार्यक्रममा सहभागिहरुले यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा विद्यालय, गाउँ टोलमा अभिमुखिकारण कार्यक्रम गर्नु पर्ने बताएका थिए, भने सबै वडाहरुले यस विषयमा जनचेतना फैलाउनका लागी बजेट विनियोजन गर्नु पर्ने समेत बताएका थिए । पालिकामा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवाको बारेमा नियमित रुपमा विभिन्न कार्यक्रम गरी यस बारेमा जानकारी दिइएको गाउँपालिका अध्यक्ष भरतकुमार थापाले बताउनु भयो ।

गाउँपालिकामा हुने स्वास्थ्य सेवामा कुनै लापरर्बाही नगरी विभिन्न बजेट बिनियोजन गरेर त्यसको सहि रुपमा कार्यान्वयन भई रहेको पनि थापाले जानकारी दिनु भयो । अध्यक्ष थापाले गाउँपालिकामा यौन तथा प्रजनन् स्वास्थ्यमा कुनै समस्या भएको छ भने अन्धविश्वास को पछाडी नलागेर तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जान सल्लाह समेत दिनु भएको थियो ।

साथै उहाँले पालिकामा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्ष्ति गर्भपतन सेवा सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम गर्न सहयोग गर्ने पास नेपाल रोल्पा, आईपास नेपाल रोल्पा र सहजिकरण गरीदिने सामुदायीक रेडियो मालश्री प्रति पनि धन्यवाद पनि दिनु भएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता लुङग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाकोे गर्नु भएको हो ।

कार्यक्रमको सहजिकारण रेडियो मालश्रीका लोकेन्द्र चन्द र राजेश नेपालीले गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लेपेन्द्र बुढाथोकी, वडा नं. १ पाङका वडा अध्यक्ष गणेश पुन, वडा नं. ५ वडा अध्यक्ष खिम बहादुर रोका, बिभिन्न वडाका वडा सदस्य,
सुरक्षित गर्भपटनको लागी सुचिकृत स्वास्थ्यकर्मी सुनिता रोकाक्षेत्रि, स्वास्थ्य स्वंयसेविका, आमा समुह, किशोर किशोरीहरु, बराह क्षेत्र माबिका शिक्षक तत्सत पोख्रेल, बिद्यार्थि, पालिकाका स्वास्थ्य संस्थाका कर्मचारी लगाएत सम्बन्धीत निकायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    

प्रतिक्रिया दिनुहोस्

Array