Ad image

पत्रकारहरुका लागी आँखा स्वास्थ्य सम्बन्धी आधारभुत तालीम सुलिचौरमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २७ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर मंसिर २८ गते रोल्पा

नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ति तथा बहादुरगञ्ज अन्र्तगत संचालित लमही आँखा अस्पतालको आयोजना तथा एन.ए.बि.पी नरवयेको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको सभा हलमा भएको पत्रकारहरु सँगको एक दिने आधारभुत आँखा स्वास्थ्य तालिममा रोल्पा जिल्ला भरमा क्रियाशिल पत्रकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा राप्ति आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक शालिकराम गौतम आँखा स्वास्थ्य र सरक्षाको बारेमा पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो । गौतमले बिश्व तथा नेपालमा अन्धोपनको अवस्था, स्वस्था आँखाका लक्षणहरु, आँखाका भागहरमा लाग्ने प्रमुख रोगहरु, आँखा स्वस्थ राख्ने उपायहरु र आँखा अस्पताल तथा उपचार केन्द्रको जानकारीको बारेमा समेत पत्रकाहरुलाई जानकारी गराउनु भएको थियो ।

- Advertisement -
Ad image

अहिले पनि बिश्वमा हरेक पाँच सेकेण्डमा एकजना व्यतिmले दृष्टिगुमाउने समस्या रहेको र हरेक एक मिनेटमा एक जना बालकले दृष्टिगुमाउन दरलाग्दो अवस्था रहेको समेत तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । हाल बिश्वमा करिब ३ करोड ६० लाख व्यतिहरुले आँखाको दृष्टिगुमाउनु गरेको समेत बताउनु भएको थियो । हाल बिश्वमा २१ करोड ७० लाख व्यतिमा मध्यम देखि गम्भिर प्रकारको आँखाको समस्या भएको बताउनु भएको थियो । पुरुषको भन्दा महिलाहरुमा बढी आँखाको समस्या देखिने गरेको पनि जानकारी गराउनु भएको थियो । हाल बिश्वमा १ अर्ब १० करोड व्यतिmको नजिकको दृष्टि कम्जोर भएको समेत तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
नेपालमा हरेक दिन १२५ जनाले आफ्नो आँखाको दृष्टिगुमाउने समस्या भएको बताउनु भएको थियो । नेपालमा हाल १ लाख २० हजार दृष्टिगुमाउन व्यतिको अनुमानित संख्या रहेको र प्रत्यक बर्ष २४ हजार नँया दृष्टिगुमाउनेहरुको संख्या थपिने गरको समेत तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नबिनलोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बुढा, नेपाल पत्रकार महासंघका सचिव लोकेन्द्र चन्द् लगाएत बिभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको बताइएको छ ।
अहिले पनि नेपाल आँखा रोगीहरुको ठुलो संख्या भए पनि राज्यको आँखा सुरक्षाको लागी लगानी शून्य भएकोमा कार्यक्रममा राप्ति आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले गुनासो समेत पोख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array