Ad image

नेपाल पत्रकार महासंघ रोल्पाको १२ औं साधारण सभाको सबै तयारी पुरा

मालश्री खबर
मालश्री खबर २७ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

राजेश नेपाली / मालश्री खबर मंसिर २८ गते रोल्पा

नेपाल पत्रकार महासंघ रोल्पाको मंसिर २८ गते बुधबारका दिन हुन लागेको १२ औं साधारण सभाको तयारी पुरा भएको नेपाल पत्रकार महासंघ रोल्पाले जानकारी दिएको छ । भोली हुने साधारण सभा तयारीको लागी मंगलबार नेपाल पत्रकार महासंघ रोल्पाको हलमा बसेको महासंघ रोल्पाको बैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ ।

साधारण सभामा प्रस्तुत गर्नको लागी सचिव लोकेन्द्र चन्दले तयार गरेको सांगठनिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष उमा केसिले तयार गरेका आर्थिक प्रगति प्रतिबेदन बैठकमा सर्बसहमतमा अनुमोदन गरको नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगरले जानकारी दिएको छ ।

मंसिर २८ गते बुधबारका दिन बिहान ११ बजे देखि जिल्ला समन्वय समिती रोल्पाको हलमा हुनलागेको नेपाल पत्रकार महासंघ रोल्पा शाखाको १२ साधारण सभालाई सफल बनाउनको लागी सबै पक्षलाई पत्रकार र फोन मार्फत जानकारी गराएको भए पनि यदि कसैले कुनै कारण बस पत्र वा फोनको जानकारी नपाएको भएमा यसै समाचारलाई आधार मानेर शाखामा आबद्ध सम्पुर्ण साधारण सदस्य, जिल्लामा क्रियाशिल अन्य पत्रकारहरु, आमन्त्रित अतिथिहरुलाई सहभागिता जनाइदिन समेत अध्यक्ष नबिनलोचन मगरले सबैलाई अनुरोध गर्नु भएको छ ।

- Advertisement -
Ad image

मंगलबार बसेको बैठकले नेपाल पत्रकार महासंघको बिधान अनुसार प्रत्यक साधारण सदस्यले नबिकरण गर्नु पर्ने नियमअनुसार यहि मंसिर २७ गते देखि पौष ५ गते सम्म सदस्यता नबिकरण खुल्ला गर्ने निर्णय गरिएको समेत नेपाल पत्रकार महासघ रोल्पाले जानकारी दिएको छ । र सबै साधारण सदस्यलाई जानकारी गराउने उदेश्यले सुचना सम्प्रेसन गर्नको लागी जिल्ला स्थित सम्पुण रेडियो र पत्रिकाहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्