Ad image

सुनिलस्मृति गाउँपालिकाले मंसिर २६ गते सार्बजनिक सुनुवाई तेवाङमा गर्ने

मालश्री खबर
मालश्री खबर २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर,मंसिर २१, रोल्पा ।
सुनिलस्मृति गाउँपालिकाले मंसिर २६ गते सार्बजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाको वडा नम्बर ७ तेबाङमा बिहान साढे १० बजेबाट सुरु हुने सुनिलस्मृती गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौड्यलले बताउनु भयो ।

उक्त कार्यक्रम सुशासन व्यवस्थानप तथा सञ्चालन ऐन २०६४ को दफा ३० अनुसार गाउँपालिकाबाट आर्थिक वर्ष २०७९÷८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको गाउँपालिकाले जनाएको छ । प्रथम चौमासिकमा भएका योजना, कार्यक्रम र सेवा प्रवाह लगाएतका समग्र क्रियाकलापको बारेमा उक्त सार्वजनिक सुनुनवाई कार्यक्रमले जानकारी जानकारी गराइने छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पुर्ण राजनितिक दल, निवार्चित जनप्रतिनिधी, निवर्तमान जनप्रतिनिधि,पत्रकार, नागरीक समाज,विभिन्न संघ संस्था, विभिन्न समिति, उपसमिति तथा उपभोक्त लगाएत आम नागरीकलाई उपस्थित भईदिन समेत गाँउपालिकाले आग्रह गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array