Ad image

विर शहिद नैनसिङ खत्रीको २८ औ स्मृति दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मालश्री खबर
मालश्री खबर २१ मंसिर २०७९, बुधबार
3 Min Read
Aa

मालश्री खबर,मंसिर २१, रोल्पा ।
विर सहिद नैनसिङ खत्रिको २८ औ स्मृति दिवस २०७९ अन्तरक्रिया तथा पुरुस्कार प्रदान समारोह मंगलबार रोल्पा नगरपालिका वडा नम्बर १० धवाङमा भव्यताका साथ मनाईएको छ । सहिद नैनसिंङ खत्री स्मृति प्रतिष्ठान धवाङ रोल्पाको आयोजनामा उक्त कार्यक्रम मनाईएको आयोजकले जानकारी दिएको छ ।

स्मृति दिवसको अवसरमा रोल्पा नगर पालिका वडा नम्बर १० मा रहेको जनता आधारभुत विद्यालय र गुरुदय आधारभुत विद्यालय चुनवाङमा रहेका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरीएको बताएको छ । कार्यक्रममा दुई वटै विद्यालयमा विद्यालय प्रथम हुने छात्र र छात्रा, दलित विद्यार्थीबाट विद्यालय प्रथम हुने छात्र र छात्रा त्यसैगरी अपांग भएका छात्र र छात्रा विद्यार्थी गरी जम्मा १२ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरीएको आयोजकले बताएको छ ।

- Advertisement -
Ad image

नागरीक स्वतन्त्रता र अधिकार प्राप्तिका लागी संघर्षमा साहादत प्राप्त गर्ने नैनसिङ खत्रिले गाउँ समाज मात्र नभई सिंगो रोल्पा जिल्लाको नेतृत्व समेत लिएको कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा समानुपातिकका उम्मेद्धार एवम् नेपाली कांग्रस रोल्पाका पुर्व सभापति तथा समाजसेवी कृष्णबहादुर घर्तिमगरले बताउनु भयो । जिल्लाको लागी महत्वमुण कार्य गर्दा गर्दै २०५१ साल मंसिर २१ गते पुर्व सांसद खडानन्द सुवेदीलाई भेटी गाउँ र जिल्लाको बारेमा छलफल गर्न गजुल जादै गर्दा तत्कालीन जनमोर्चाका कार्यकर्ताले विभत्स रुपले हत्या गरेको सम्झदै रोल्पाले एक इमान्दार र होनाहार व्यक्ति गुमाएकोमा दुःख समेत व्यक्त गर्नु भयो ।

सहिद खत्रीले जिल्लाको शिक्षा, स्वास्थ्य लगाएत समाज परिवर्तनको लागी सधै लागी पर्ने गरेको समेत प्रमुख अतिथी घर्तिले बताउनु भयो । विर सहिद नैनसिङ खत्रीका छोरा मानवहादुर खत्रीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको विशिष्ट अतिथीमा रोल्पा जिल्ला नेपाली कांग्रेस पार्टी सचिव शेरवहादुर थापा, रोल्पा जिल्ला नेपाली कांग्रेसका पुर्व पार्टी सचिव समाज सेवी उद्योगी, व्यवसायी ज्ञानबहादुर वली, रोष्ट्रिय भुमी आयोग जिल्ला समिति रोल्पाका सदस्य तथा महिला अधिकार कर्मि श्रीकुमारी घर्तिमगर रहनु भएको थियो ।

त्यस्तै अन्य अतिथीहरुमा नेपाली कांग्रेस रोल्पा नगरपालिका वडा नम्बर १० वडाका वडा सभापति बलवहादुर महरा, वडा न. १० का वडा अध्यक्ष मोतिलाल डाँगी, जनता आधारभुत विद्यालय भनभेनका जुमानबहादुर वली, गुरुदय आधारभुत विद्यालयका प्रध्यानाअध्यापक तिर्था कुमारी घर्तिमगर , वडा स्थिति विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस रोल्पा नगरपालिका वडा नम्बर १० का उपसभापति सर्बजित डाँगीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सहिद नैनसिङ खत्रीका नाती हेमन्त खत्रिले गर्नु भएको थियो ।

    

प्रतिक्रिया दिनुहोस्

Array