Ad image

बस्ति स्तरका समस्याहरुलाई वडा पालिकासम्म पु¥याउछौ – अध्यक्ष रनबहादुर चन्द

मालश्री खबर
मालश्री खबर १९ मंसिर २०७९, सोमबार
2 Min Read
Aa


मालश्री खबर,मंसिर १९, रोल्पा ।

परिवर्तन गाउँपालिका वडा नंम्बर ३ उपल्लो केवरी टोल विकास समितीका अध्यक्ष रनबहादुर चन्दले गाउँ बस्तिमा भएका बस्ति स्तरका समस्याहरुलाई वडा पालिकामा पु¥याउने बताउनु भयो । वडामा समाधान नभएका समस्याहरुलाई गाउँपालिका, प्रदेश र संघमा लैजान जस्ता कार्यहरु टोल विकास समितिले गर्ने गरेको उहाँको भनाई छ । चन्दले यातायात, सिँचाई, कृषी तथा आफ्नो टोलमा भएको अन्य समस्यालाई वडामा पु¥याउने परिवर्तन सम्बाहक कार्यक्रममा बोल्दै चन्दले सो कुरा बताउनु भएको होे ।

वडामा पुगेका समस्यालाई वडाको वजेटले धान्ने जति वडाबाट समाधान गर्ने र वडाबाट सम्भब नभएका आयोजनाहरुलाई गाउपालिकाको गाउँसभामा पेश गर्ने गरेका बताउनु भयो । वडापालिकामा बिनियोजन भएको बजेट अनुसार आफ्नो टोलविकास समितिलाई केही मात्रामा समस्या समाधान भएको समेत उहाँको भनाई रहेको छ । अन्य कार्यहरुलाई पनि विस्तारै टोल बिकास समितिले सम्बन्धित निकायमा पु¥याउने बतउनु भयो । चन्दले आफ्नो वडामा विषेश गरी बर्खामा यातायातको समस्या बढि हुने गरेकाले सडकको स्तर उन्नतिको लागि समितिले विभिन्न तहमा बजेट माग गरेको बताउनु भयो ।

केवरीमा नगदे बाली भन्दा पनि विभिन्न फलफुल तथा तरकारीहरु उब्जाउ हुने गर्दछ । ति बस्तुलाई बजार सम्म पु¥याउनको लागि उपयुक्त सडक सञ्जाल नभएकाले घरमै सडेर जाने गरेको उहाँको गुणसो समेत रहेको छ । ति उत्पादित बस्तुलाई सजिलै बजार सम्म लैजाने वातवरण बनाउनका लागि टोल विकास समितिले पालिका स्तरमा पनि कुरा राखेको बताउनु भयो ।

- Advertisement -
Ad image

हिउँदमा सिँचाईएको अभाव हुने त्यस क्षेत्रमा सिँचाईको लागि पनि आफ्नो टोल विकास संस्थाले स्थानिय सरकालई सिँचाई सुविधा उपलब्ध गराउन पहल गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array