Ad image

सुनिलस्मृति गाउँपालिकाद्धारा फरक क्षमता भएका व्यक्तिलाई साहेयक सामाग्री वितरण

मालश्री खबर
मालश्री खबर १८ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

उमा बस्नेत, मंसिर १८, रोल्पा । ३१ औं अन्तराष्ट्रिय अपांगता दिबस सुनिल स्मृति गाउँपालिकाले विभिन्न कार्यक्रम गरी मनाएको छ । उक्त कार्यक्रम सुनिल स्मृती गाउँपालिका वडा नम्बर २ खुंग्रिमा सम्पन्न भएको छ । यस बर्षको नारा “समाबेशी विकासका लागि रुपान्तरणमुखी उपायहरु र पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन ” भन्ने रहेको छ ।

 

यस पटकको विश्व अपांगता दिवसमा आपांगता भएका व्यक्तिहरुको मर्यादा, अधिकार र कल्याणका लागि अपांगतासम्बन्धी मुद्दाहरुको बुझाईलाई प्रबद्र्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ । दिवसको अबसरमा गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिलाई साहेयक सामाग्री वितरण गरेको छ । कार्यक्रममा रुडास नेपाल, पास नेपालले अपांग भएका ब्यक्ति भिम बहादुर गिरी, उदयराम पुरी, केशब गीरी, कर्ण बहादुर गीरी, तिलक राम पुन, लुमे गिरी, सरोज केसि, रन्जिता सुनार, हिम बहादुर बिष्ठ, मनि विक र भुमा विकलाइ हेयल चियर, बैशाखी लाठ्ठी प्रदान गरिएको छ ।

- Advertisement -
Ad image

 

कार्यक्रममा प्रमुख अथिती समेत रहनु भएका गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकिले अपांग भएकाहरुलाइ व्यक्तिहरुलाई साहेक सामाग्री वितरण गर्दै फरक क्षमता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । अपांगता भएका ब्यक्तिहरुको अधिकार र कल्याणका लागि गाउँपालिका सधै अग्रसर हुने उँहाको भनाई छ ।

सुनिल स्मृति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष नेत्रबहानुर गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी रहनु भएको थियो भने उपाअध्यक्ष मिना थापाको बिशिष्ट आथित्यता रहेको थियो । वडा सदस्य हिमा बिष्टको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको सन्चालन वडा सचिब पुस्कर भारतीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array