Ad image

पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउनु पर्नेमा कार्यक्रममा सहभागी बत्ताहरुको जोड

मालश्री खबर
मालश्री खबर १७ मंसिर २०७९, शनिबार
3 Min Read
Aa

मालश्री खबर, मंसिर १७ रोल्पा ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रोल्पाले शनिबार एक कार्यक्रमको आयोेजा गरि १७ औं वार्षिक उत्सव मनाइएको छ । ‘नागरिक समाजको नजरमा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर आफ्नो १७ औं बार्षिक उत्सव मनाएको नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ । रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष एंव सल्लाहकार काशिराम डाँगीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पाटी सभापती किशोर कुमार आचार्य, रोल्पा नगरपालिका वडा न. २ का वडा अध्यक्ष प्रकाश डाँगी, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका कोषाध्यक्ष बसन्ता आचार्य, नेपाल रेडक्रस सोसाईटी रोल्पाका सभापती डिबी घर्तिमगर, नेपालबार एशोसियसन रोल्पाका अध्यक्ष टेकम प्रसाद घर्तिमगर, जलजला बहुमुखि क्याम्पस रोल्पाका क्याम्पस प्रमुख खेमबहादुर खड्का, जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका संस्थापक अध्यक्ष नौलसिंह पुन, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष खेमबहादुर बुढा मगर, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेल, समाजसेवी तथा राजनितिज्ञ कृष्ण बहादुर घर्तिमगर, अधिकार कर्मि श्रीकुमारी रोकामगर, जिल्लाका पत्रकारका बिभिन्न संघ संगठनहरुको तर्फ बाट प्रेस सेन्टर रोल्पाकि अध्यक्ष देबी कुमारी गुरुङ, ललित साहित्य परिषद रोल्पाका अध्यक्ष केबी बिरही, र नगरिक दैनिकका दिनेश सुबेदी लगाएतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा बाल्ने अधिकांस बत्ताहरुले पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउनु पने मा जोड् दिएको थिए । पत्रकार कुनै पनि राजनैतिक दलको पछाडी नलागेर निष्पक्ष रुपमा समाज परिर्बन गर्नको लागी लाग्नु पर्ने बताएका थिए । अहिले पनि कति पए पत्रकारहरु पत्रकारिता पेशा नगरेर खाली नामको लागी मात्र पत्रकार बनेर हिड्ने गरेको भन्दै पत्रकारहरु पनि अब यसो नर्गन सुझाब समेत दिएको थिए । अहिले पनि पत्रकारले बोलेको र लेखेको कुरालाई समाजले पत्ताएर बिश्वास गर्ने भएको हुनाले समाज परिबर्तनको लागी पत्रकारहरुले समाज परिबर्तमान खेल्ने भुमि थप प्रभाबकारी हुने समेत बताएको थिए ।

 

अहिलेको पत्रकारिताको अवस्थालाई नियाल्दा सकारात्मक भन्दा पनि नकारात्मक पक्षलाई बढी जोड् दिने गरेका बताउदै, अब समाजमा भएको त्यस्ता राम्रा पक्षलाई पनि बाहिर ल्याउनु पर्ने सुझाब समेत दिएका थिए । रोल्पा जिल्लाको पत्रकारिताको बर्तमान अवस्थालाई समेतेर ‘नागरिक समाजको नजरमा सञ्चार’ बिषयक कार्यपत्र समेत नेपाल पत्रकार महासंघ रोल्पाका निबर्तमान अध्यक्ष तथा सल्ललाहकार महेश न्यापानेले प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत कार्यपत्रमा रोल्पा जिल्लाको पत्रकारिताको इतिहास, अहिलेको अवस्था, लगाएतलाई समेतिएका थियो । नेपाल पत्रकार महासंघ रोल्पा उपाध्यक्ष खुबिनासुनारी मगरको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव लोकेन्द्र चन्दले गर्नु भएको नेपाल पत्रकार महासंघ रोल्पाका कोषाध्यक्ष उमा केसिले जानकारी दिनु भएको छ । सोहि कार्यक्रमकै अवसर पारेर पत्रकार मनोज घर्तिमगरले आफ्नो बाबु मन प्रसाद घर्ति मगरको संझनामा स्थापना गर्नु भएको मनप्रसाद स्मृती ग्रामिण पत्रकारिता परस्कार बाट पत्रकार बुद्धिमान ओली र पत्रकार माधब कुमार ओलीलाई सम्मान पत्र र नगद सहित सम्मानित समेत गरिएको आयोजकले जानकारी दिएको छ ।

   

प्रतिक्रिया दिनुहोस्

Array