Ad image

दुर्घटनामा परी रोल्पामा एक जनाको मृत्यू , एक जना गम्भीर घाइते

मालश्री खबर
मालश्री खबर १७ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

उमा बस्नेत / मंसिर १७, रोल्पा ।

शनिबार बिहान रोल्पा नगरपालिका वडा न. ५ भैसिकुटीमा बिहान साढे ७ बजेको समयमा बोलेरो जीप दुर्घटना हुंदा एक जनाको मृत्यू भएको छ भने एक जना घाइते भएका छन् ।

रोल्पा नगरपालिका वडा न. ५ बाझाबाङ रोल्पा बाट प्युठानको किमिचौर बजार तर्फ सामान ल्याउन जादै गर्दा लु. ०१ च ५४६४ नं.को बोलेरो जीप अचानक अनियन्त्रित भई बाटो भन्दा अं.२०० मिटर तल खोलामा खस्दा सो दुर्घटना भएको थियो ।

- Advertisement -
Ad image

दुर्घटनामा परि मृत्यू हुनेमा रोल्पा नगरपालिका वडा नं. ५ बाझबाङ निवासी अन्दाजी वर्ष ३६ को निलेश कवर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घनामा परि कवरको घटना स्थलमै मृत्यु भएको थियो । सोही गाडिमा सवार रहेका मृतकको छोरा वर्ष ११ को प्रताप कवर घाइते भएको छन् ।

घाइते कंवरको शरीर, टाउको लगायत विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाईतेलाई उपचारको लागि प्यूठान पठाइएको छ । गाडि पछि गाडी पुर्ण रुपमा क्षति ग्रस्त भएको छ । घटना भएको खबर पाए लगतै घटना स्थलमा जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय खुङ्ग्रीको प्रहरीको टोलीले दुर्घटना घाइटे भएकोे व्यतिलाई उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्