Ad image

रोल्पामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर पुस ८ र ९ गतेबाट सञ्चालन हुने

मालश्री खबर
मालश्री खबर १४ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

उमा बस्नेत, मंसिर १४, रोल्पा । रोल्पामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । रोल्पा उद्योग वाणिज्य संघको भवन लिवाङमा २०७९ साल पुस ८ र ९ गते सञ्चालन हुने जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका संस्थापक अध्यक्ष नौलसिंह पुनले जानकारी दिनु भयो । तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौ, जिल्ल सामुदायिक आँखा केन्द्र लिवाङ र नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोगमा उक्त शल्यक्रिया शिविर सञ्चालन हुन लागेको हो ।

पुस ८ र ९ गते सञ्चालन हुने शिविरलाई मध्यनजर गर्दै रोल्पा जिल्लाका विभिन्न मिति र स्थानहरुमा १ दिने मोतियाविन्दु छनौट शिविर सञ्चालन गरिने भएको छ । १ दिने छनौट शिविभरमा आँखाका समस्या भएका विरामीहरुले आफुलाई पाएक पर्ने ठाउँमा आँखा जाँच गरी लाभ लिन आयोजकले आग्रह गरेको छ । मोतियाविन्दु छनोट शिविर जिल्लाका विभिन्न १६ स्थानमा सञ्चालन गरिने भएको छ ।
आयोजकले यहि मंसिर १८ गते ह्वामा स्वास्थ्य चौकी , मंसिर १९ गते धबाङ स्वास्थ्य चौकी, मंसिर २० गते भाबाङ, पाछाबाङ स्वास्थ्य चौकी, २१ गते तालाबाङ स्वास्थ्य चौकी र थबाङ स्वास्थ्य चौकी, २२ गते शहरी आँखा केन्द्र, घर्तिगाँउ र मिरुल टुटुको स्वास्थ्य चौकी, २३ गते कुरेली खरिबोटको स्वास्थ्य चौकी, २४ गते सुखा ओडार स्वास्थ्य चौकी र राङकोट स्वास्थ्य चौकी, २५ गते राँक ताप्लाबजारको स्वास्थ्य चौकी र नेपाल रेडक्रस सोसाईटी भवन बागमारामा सञ्चालन हुनेछ ।

साथै मंसिर २६ गते राङसी स्वास्थ्य चौकीमा, २८ गते बडा कार्यलय भवन गैरीगाँउ तिला, र सन्त निरंकारी मन्डल भवन जुँगार नेर्पामा, २९ गते गजुलकोट स्वास्थ्य चौकी, पुस १ बाहिरी गामको स्वास्थ्य चौकी, पुस २ गते पोबाङ स्वास्थ्य चौकीमा, पुस ४ गते पुरानो प्राथामिक केन्द्र होलेरी बजार र पुस ५ गते जेदबाङ स्वास्थ्य चौकीमा आयोजना गरेको छ ।
शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामिले खाना र बस्नको व्यवस्था भने स्वयम्ले गर्नु पर्ने अयोजकले बताएको छ । साथै अप्रेशन गर्नु पर्ने महिलालाई अप्रेशन गरिसेकपछि एक हजार रुपया नगद प्रदान गर्ने पनि बताएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array