Ad image

निशुल्क हाडर्जोनी तथा नशा सम्बन्धी स्वास्थ्य शिबिरमा ११ सय ४७ जनाले सेवा लिए, ६२ जनाको अप्रेसन भयो

मालश्री खबर
मालश्री खबर १३ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

मालश्री अनलाइन/ मंसिर १४, रोल्पा ।
रोल्पा अस्पताल रेउघामा मंसिर १० गते देखि संचालन भएको निशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी स्वास्थ्य शिबिरमा ११ सय ४७ जनाले ओपिडी सेवा लिएका छन भने ६२ जनाको अप्रेसन भएको आयोजकले जानकारी दिएको छ । मंसिर १० गते देखी १४ गते सम्म सिबिर संचालन भएको थियो ।

सिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरापाटी काठ्मान्डौका बरिष्ठ हाडर्जाेनी बिशेषज्ञ डाक्टर युबराज खरेल लगाएत ८ जना डाक्टर, अन्य नर्सिङ स्टाफ र फार्मेसीको गरि जम्मा १६ जना स्वास्थ्य कर्मिको टोलीले सेवा दिएको नेपाल अर्थोपेडिक अस्पताल जोरापाटी काठ्मान्डौकी असिस्टेन पुजा कंवरले जानकारी दिनु भयो ।

शिबिरमा रोल्पा अस्पताल रेउघामा कार्यरत डाक्टर नर्सिङ स्टापको टोलीले पनि सेवा दिएको रोल्पा अस्पतालले जानकारी दिएको छ । शिबिरमा खुट्टाको पैटला फर्किएका, जन्मजात हातखुट बागिँएका, हात वा खुटमा बिकृतीजन्य समस्याहरु, हात वा खुट भाँचिएका, हातखुट भाँचिइ बांगिएर जोडिएका, भाँचिएकोमा पाता वा किला राखिएका बिरामिहरुको शल्यक्रिया मार्फत उपचार गरिको डाक्टर खरेलले जानकारी दिनु भयो ।

- Advertisement -
Ad image

आफुहरुले सोचेभन्दा धेरै बिरामिहरु आएर सेवा लिएको समेत डाक्टर खरेलले बताउनु भयो । रोल्पा आँउदै गर्दा बिरामी कम आँछनकि भन्ने आफुहरुलाई चिन्ता लागेकोे बताउनु भयो । तर शिविरमा सोचे भन्दा धेरै बिरामि आएकाले बिहान ८ बजे देखि राती ९ बजे सम्म सेवा दिईरहेको डाक्टर युवराज खरेलले बताउनु भयो । शिबिरमा रोल्पा जिल्ला र छिमेकी जिल्ला रुकुम र प्युठानका बिरामिहरुले पनि सेवा लिएको रेउघा अस्पताल प्रसासनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array