Ad image

रोल्पा तेक्वान्दो संघको जुनियर वेल्ट परीक्षा राष्ट्रिय मावि खुमेल सम्पन्न

मालश्री खबर
मालश्री खबर ११ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

मालश्री खबर, मंसिर ११ रोल्पा ।
रोल्पा तेक्वान्दो संघको जुनियर वेल्ट परीक्षा रोल्पा नगरपालिका ३ खुमेलमा रहेको राष्ट्रिय मावि शनिबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सभा अध्यक्ष राष्ट्रिय माध्यमिक विद्लालय खुमेलका प्रधानाध्यापक महेन्द्रराज रोका, प्रमुख अतिथि रोल्पा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा राष्ट्रिय मावि खुमेलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु पुरी, विशेष अतिथि रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्री, विशेष अतिथि रोल्पा जिल्ला लुम्विनी प्रदेश तेक्वान्दो प्रतिनिधि सदस्य तथा माडी तेक्वान्दोका प्रशिक्षक दिनेश बुढामगर रहनु भएकाे थियाे ।

- Advertisement -
Ad image

अन्य अतिथिहरु रोल्पा जिल्ला तेक्वान्दो संघका सहसचिब तथा राष्ट्रिय मावि खुमेलका तेक्वान्दो प्रशिक्षक दिलिप परियार, विद्यालय व्यवस्थापन समितिका सदस्य नविन गुरुङ, सोही विद्यालयका शिक्षक जुनमाया पुन, शिक्षक खिमकुमारी थापा, शिक्षक धिरेन्द्र बुढामगर लगायत अभिभावक, विभिन्न सरोकारवाला व्यक्तिहरु तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम सोही विद्यालयका शिक्षक तेजबहादुर थापाले संचालन गर्नु भएको थियो । ग्रेडिङ परीक्षामा ५० जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

  

प्रतिक्रिया दिनुहोस्