Ad image

औपचारीक मन्त्री हुनु भन्दा जिम्मेवार सांसद हुनु उत्तम हुने प्रदेश सांसद दिपेन्द्र कुमार पुन

मालश्री खबर
मालश्री खबर १० मंसिर २०७९, शनिबार
3 Min Read
Aa

उमा बस्नेत/ मालश्री खबर, मंसिर १० रोल्पा ।
प्रदेशको अधिकार भित्र रहेर निति निमार्ण र मध्यम खालको विभिन्न आयोजनाहरु कार्यान्वयन गर्नेमा आफ्नो महत्व पुर्ण भमिका रहने नब निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनले बताउनु भएको छ । पुनले आफु निर्वाचित भएको प्रदेश सभा क्षेत्र २ मा पर्ने गाउँपालिका, नगरपालिका तथा ३७ वटा वडाहरुमा बिकासको लागी आफ्नो कार्यकालमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । उहाँले स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत लगाएत विकासका अन्य कार्यहरुलाई अगाडी बढाउने बताउनु भएको छ । अघिल्लो कार्यकालमा आँफु प्रदेश सांसद भइ सकेको अनुभव सुनाउदै नितान्त औपचारीक मन्त्रि हुनु भन्दा जिम्मेवार सांसद हुनु नै उक्तम हुने उहाले बताउनु भएको छ । पुनले भाग बण्डा गरेर, विभिन्न मन्त्रालयहरुलाइ शक्ति र प्रभावको आडमा आफ्नो क्षेत्रमा बजेट पार्ने प्रणाली प्रभाकारी नहुने समेत बताउनु भयो ।

मन्त्री भए पछि आफु निर्वाचित क्षेत्रलाई प्राथमिकतामा राखेर आम जनताको पक्षमा काम गर्ने वताउदै शक्तिको खेलमा दामासाइ रुपमा रकम वाड्ने प्रवृत्ति गर्दा प्रदेशको समग्र विकास नुहने बताउनु भयो । प्रदेशको विकासका लागि प्रदेशमा रहेका सम्पुर्ण जिल्लालाई समान रुपमा हेर्नु पर्ने उहाको धारणा रहेको छ । विगतका दिनहरुमा त्यस्तो कार्य कहि कतै भएको भए पनि त्यो कार्यले समग्र प्रदेशमा रहेको जिल्लाको समान रुपले माथि उठाउन नसकिएको उहाले बताउनु भयो । बजेटको बाँडफाँड गर्दा विकासको कार्यहरुलाई प्राथमिकताको आधारमा विभाजन गर्नु पर्ने पुनको भनाई छ ।

आगिमी दिनहरुमा कुनै पनि मन्त्री तथा सांसदहरुले आफ्नो पहँुचको आधारमा नचाहिने ठाउँमा विकास बजेट विनियोजन नगर्न पनि आग्रह गर्नु भयो । कसैले त्यसो गरेको पाएमा आफुले त्यस्तो गतिविधीको सधै विरोध गर्ने बताउनु भयो । रोल्पामा बजेट आएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोले ति बजेट कार्यन्वयनको लागि तदारुकताका साथ लाग्ने पनि पुनले बताउनु भयो ।
रोल्पा जिल्ला शिक्षा र स्वस्थ्यको दृष्टिकोणले निकै पछाडि रहेकाले मानव विकाश सुचकांक बढाउनका लागि जनचेतना मुलक कार्यक्रमहरु गर्दै सम्बन्धित सरोकारवाला पक्षसँग छलफ गरेर अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो । अहिलेको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा विभिन्न नयाँशत्तिहरुको उदय भईरहेको छ नी ? भन्ने प्रश्नमा पुनले नयाशक्तिको उदय अनपेक्षित रुपमा भइरहेको बताउनु भयो ।
यो उदय नेपाली जनताको निराशा वा आक्रोशको अभिव्यक्ति हो या योजनावद्ध ढंगबाट यसको पछाडि कोहि लागिरहेको छ भन्नेमा पुनले आशंका ब्यक्त गर्नु भयो । आक्रोश पुर्बक आएको शक्ति हो भने नेपाली जनतालाई सम्बोधन गर्ला तर त्यसको पछाडि कुनै शक्ति छ भने एक दिन त्यो पनि आफ्नो सतहमा आउने बताउनु भयो ।

अहिलेको चुनावबाट कुनै पार्टीले पनि बहुमत ल्याउने नदेखिएकाले सरकार गठनमा पनि सकस देखिने उहाको भनाई छ । संसदमा आएको नतिजाले गर्दा अहिले आएको नया शक्तिहरुले केहिन केहि पोलिटिकल सिफ्ट हुने उहाँको भनाई छ । यो पोलिटिकल सिफ्टले अब आउने २०८४ को चुनाबमा पनि केहि फरकपन ल्याउने बताउनु भयो । नयाँशक्तिहरु देखिनुमा सबै भन्दा ठुलो कुरा सुशासनको कमी भएको पुनको भनाई छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array