Ad image

रोल्पाको त्रिबेणी गाँउपालिकामा पिकअप गाडी दुर्घटना हुदा ६ जना घाइते

मालश्री खबर
मालश्री खबर १० मंसिर २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर १० रोल्पा ।
रोल्पामा आज पिकअप गाडी दुर्घटना हुदा ६ जना घाइते भएका छन । रोल्पाको त्रिबेणी गाँउपालिका वडा नं ६ धारम खोलामा बाट बिरुवा बितरण गरि लिङदुङ तर्फ फर्कदै गरेको लु १ च ३३७० नम्बरको पिकअप गाडी धारम खोलामा मोड्ने क्रममा दुर्घटना हुदा ६ जना घाइते भएको हुन ।

घाइते हुनेमा चालक रोल्पा जिल्ला त्रिवेणी गाउपालिका वडा नं ४ पुनगाँउ बस्ने बर्ष २८ का कमल परियार, रोल्पा नगरपालिका वडा नं १० धवाङ बस्ने बर्ष १८ की श्यामकली सुनार, प्युठान जिल्ला नौबहिनी गाँउपालिका वडा नं ८ बस्ने बर्ष २३ कि सुशिला भण्डारी, वडा नं ३ खवाङ बस्ने बर्ष २२ की बालिका पुन मगर, सोहि ठाउ निबासी वडा नं ८ बस्ने बर्ष २१ कि बिमला भण्डारी, कैलाली जिल्ला टिकापुर न.पा. १ बस्ने बर्ष २४ को नरेशराज गिरी सामान्य घाइते भएका छन ।

घाइतेमध्य कसैको टाउकोमा, कसैको ढाडमा कसैको चिउडो र निधारमा सामान्य चोट लागेको छ । घाइतेको नेर्पा स्वास्थ्य चौकि जुगाँरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रबत्ता प्रकाश भुसालले जानकारी दिनु भएको छ । उक्त गाडि लेकबेसी एग्रोफरेस्टि कैलालीबाट ओखर, कागती, किबि, केरा लगाएतका बिरुवा बितरण गर्न गएको बताइएको छ । गाडी सडकबाट झन्डै १० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जनाएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array