Ad image

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको रोल्पामा उद्धघाटन

मालश्री खबर
मालश्री खबर ९ मंसिर २०७९, शुक्रबार
3 Min Read
Aa

उमा बस्नेत/ मालश्री खबर, मंसिर ९ रोल्पा ।

नोभेम्बर २५ तारीख अर्थात ४३ औं अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस, रोल्पामा पनि १६ दिन सम्म विभिन्न कार्यक्रम गरी मनाईदै छ । यस वर्षको नारा ‘महिला विरुद्धको दुव्र्यवहार अन्त्यको अभियान’ भन्ने रहेको छ । अन्तराष्ट्रिय महिला हिंसालाई नेपालमा लैंगिक हिंसा विरुद्धको अभियान भनेर पनि चिनिन्छ । उक्त अभियान आजबाट सुरु भएको छ ।

यो अभियान आजबाट सुरु भई डिसेम्बर १० सम्म सञ्चालन हुने छ । रोल्पा नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रोल्पा,यु एन एफ पि ए, सिद्धार्थ सामाजिक विकास कपिलवस्तु, माहुरीहोम, द्धन्द्धपिडित महिला राष्ट्रिय सञ्जाल, महिला मानव रक्षक सञ्जाल जिल्ला र नगर, हुरेक नेपाल, सुआहारा रोल्पा, नेपाल रेडक्रस सोसाईटि रोल्पा, नेपाल महिला सामुदायिक सेवा केन्द्र शान्ति र सुरक्षा, रुडास नेपाल, सगरमाथा महिला बचत तथा रिण सहकारी संस्था, अन्र्तपाटी महिला सन्जाल लगायत विभिन्न सरोकारवाला संस्थाहरुको समन्वयमा अभियानको उदघाटन भएको छ ।

- Advertisement -
Ad image

आज भएको द्धिप प्रज्वलन तथा उदघाटन कार्यक्रममा रोल्पा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमिला घर्तीले कार्यक्रमको बारेमा प्रष्टयाउनु भएको थियो । रोल्पा नगर उपप्रमुख गिता आचार्यले धन्यवाद मनतब्य दिनुभयो । कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिका प्रेस संयोजक देवी गुरुङले गर्नु भएको थियो ।

 

कार्यक्रममा नगर प्रमुख सुरेन्द्र थापा घर्ती, नेकपा माओबादीबाट प्रदेस समानुपातिक उम्मेदवार कुश्मा महरा, नेकपा एकिकृत समाजवादीका प्रतिनिधिसभा समानुपातिक उम्मेदवार पवित्रा घर्ती, रोल्पा नगर पालिका वडा न. ८ का वडा अध्यक्ष हर्कबहादुर डाँगी, रोल्पा नगर पालिका वडा न २ का वडा अध्यक्ष प्रकाश डाँगी, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रहरी निरिक्षक प्रकाश भुषाल, मुल आयोजक समारोह समितिका सदस्यहरु, पत्रकार, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

यस्तै, रोल्पा नगरपालिकाकी उमप्रमुख गिता आचार्यको अध्यक्षतामा जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा समन्वयात्मक बैठक आज सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ रोल्पा नगरपालिकाले १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान मनाउन लागेको छ । बैठकले १६ दिन सम्म नगरका १० वटै वडाहरुमा पुगेर महिला पुरुष समविकास सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको नगरपालिकाकी प्रेस संयोजक देवी गुरुङले जानकारी दिनु भएको छ । १६ दिने अभियानलाई जिल्लाका विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने निर्णय समेत भएको छ । बैठकको सञ्चालन बालबालिका शाखाका प्रमिला घर्तीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array