Ad image

रोल्पा प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार पुन विजयी

मालश्री खबर
मालश्री खबर ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर मंसिर ७ रोल्पा ।

रोल्पा प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्र पाटी छाडेर स्वतन्त्र उम्मेदवार रहेका दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । पुनले सत्ता गठबन्धनका नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका छन् ।

टिकट नपाए पछि नेकपा माओवादी केन्द्र बागी उम्मेदवार उठेका पुनले १४ हजार ९ सय २७ मत ल्याएर बिजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका अमरसिंहले १० हजार ४ सय ६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्