Ad image

रोल्पामा शान्त रुपमा निर्वाचन सम्पन्न भयो, प्रजिअ सापकोटा

मालश्री खबर
मालश्री खबर ६ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

बिनोद श्रेष्ठ / मालश्री खबर मंसिर ६ रोल्पा । 
रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले रोल्पामा अत्यन्त शान्ति पुर्ण ढंगले चुनाब सम्पन्न भएको बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी सापकोटाले सोमबार रेडियो मालश्रीको निर्वाचन बिशेष कार्यक्रमका बोल्दै जिल्लामा ४६.३८ प्रतिशत मत खसेको बताउनु भयो । निर्वाचन शान्त वातावरणमा सम्पन्न भए पनि मतदाताहरुको सहभागिता कम भएको बताउनु भयो ।

सापकोटाले मतदान केन्द्रको स्थलगत अबलोकन गर्ने क्रममा बिगतका दिन जस्तो भिडभाड नभएको समेत बताउनु भएको छ । उँहाले बिगतको तुलनामा यस पटकको निर्बाचनमा कम मत खसेको बताउनु भएको छ । कुनै—कुनै मतदानकेन्द्रमा लामो लाइन कुनै केन्द्रमा खाली यो समस्याको बारेमा पत्रकारको जिज्ञासाको बारेमा प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयो यो भौगोलिक दृटिकोणले कतै अत्यन्त साघुरो भएको ति केन्द्रहरुको संशोधन गर्न राजनैतिकदलका नेताहरुले आनाकानि गरेको बताउनु भयो ।

पत्रकारहरुलाइ पनि सहजैरुपमा समाचार संप्रेशनको लागि सहजै वातावरण मिलाइ दिएको समेत बताउनु भएको छ । आगामी दिनमा सुधार गर्दै जाने बताउदै क्षमतावान ब्यक्ति कर्मचारीहरुलाइ तालिम दिएर निर्बाचन सम्बन्धि सिक्षा दिएर जाने कुरामा जोड दिनु भएको छ । सापकोटाले निर्बाचन सफल बनाउन सहयोग गर्नुहुने कर्मचारी सुरक्षाकर्मि राजनैतिक दल, संचारकर्मि, मतदाताहरुमा हार्दिक धन्यबाद समेत दिनु भएको छ । निर्वाचनको हाल सम्मको इतिहासमा रोल्पा जिल्लामा मतदान सम्पन्न पछि त्यसै रातमा जिल्लाको सबै स्थानको मतपेटीकाहरु सदरमुकाम ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array