Ad image

नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाद्धारा रक्तदान तथा समुह पहिचान कार्यक्रम सञ्चालन

मालश्री खबर
मालश्री खबर ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

उमा बस्नेत/ मालश्री खबर मंसिर ६ रोल्पा । 

“रक्त दान, जिवन दान” भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले आज रक्तदान तथा समुह पहिचान कार्यक्रम सम्मपन्न गरेको छ नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले जानकारी दिएको छ । रक्तदान कार्यक्रम सदरमुकाम लिवाङको खुल्ला मञ्च टुडिखेलमा राखिएको थियो ।

रक्तदान तथा समुह पहिचान कार्यक्रम ९ जनाले रक्त दान गरेको रेडक्रस रोल्पाका कार्यक्रम सयोजक मोर्कण पुनमगरले जानकारी दिनु भयो । रक्तदान गरेका ९ जना मध्ये ७ जनाको रगत पहिचान भएको छ ।

- Advertisement -
Ad image

रोल्पा अस्पताल रेउघा रोल्पामा मंसिर १० गते देखि १३ गते सम्म नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठ्माण्डौको प्राबिधिक सहयोगमा हुन गइरहेको हाडजोर्नी तथा नशा सम्बन्धी निशुल्क ओ.पि.डि. तथा शल्यक्रियाको लागि रगत आवश्यक पर्ने संभावना देखिएका पछि उक्त कार्यक्रम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array