Ad image

चुनावमा भोट हाल्न गाउँ फर्किने बढेसँगै लिबाङ बजार बन्यो सुनसान

मालश्री खबर
मालश्री खबर ३ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर मंसिर ३ रोल्पा ।  चुनावका लागि रोल्पाको सदरमुकाम छोडेर गाउँ जानेहरु बढेसँगै लिबाङ बजार निकै सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै लिबाङ बजारका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि प्राय बन्द छ । रोल्पाको सात्तालेखोला सिबालयटोल टुडिखेल लगायतका क्षेत्रमा गाउँ जानेहरु भेटिए पनि बजारको भित्री ठाउमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ ।

 

मंसिर ४ गते आइतवार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव हुँदैछ । चुनावमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न गाउबाट आप्नो पेशा गर्न आइ बसोवास गर्नेहरु आफ्नो गाउ ठाउ फर्किंदा लिबाङ बजार सुनसान बनेको हो । त्यस्तै सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् ।

 

- Advertisement -
Ad image

चुनाव बिथोल्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरु सुरक्षाको लागि तैनाथ छन् । यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरु धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने चुनाव सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ । चुनाव भोलि बिहान ७ बजेबाट साँझ ५ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्