Ad image

नेकपा माओबादी केन्द्र रोल्पाले ग¥र्यो थप तिन जनालाई कार्वाही

मालश्री खबर
मालश्री खबर १ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

मालश्री खबर मंसिर १  रोल्पा

नेकपा माओबादी केन्द्र रोल्पाद्धारा तीन जना आफ्ना नेता कार्यकर्तालाई कारर्बाही गरेको छ । पाटीका आधिकारीक गठबनधनका उम्मेदवार बिरुद्ध गएको भन्दै कार्वाही गरेको नेकपा माओबादी केन्द्र रोल्पाले जानकारी दिएको छ । कार्तिक ३० गते नेकपा माओबादी केन्द्र रोल्पाका संयोजक गुणेन्द्र घर्ती र सचिब पुर्ण केसिद्धारा संयुक्त रुपमा हस्ताक्षरित गरिएको बिज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ ।

कार्वाही पर्नेहरुमा पाटीका त्रिबेणी गाउँ कमिटीका अध्यक्ष शेरसिंह बन्दिपुरे, रोल्पा नगरकमिटीका कुम पुनमगर र बिद्यार्थी संगठनका नेता एवं गंगादेब गाँउ कमिटीका सदस्य अशोक वलिलाई पार्टीको निर्देशन र हित बिपरित गतिबिधी गरेको भन्दै पार्टीको सम्पुर्ण जिम्मेवारीबाट निष्कासन गरि कारर्बाही गरिएको बताइएको छ ।

कार्वाही गरिएको उक्त बिज्ञप्तीमा भनिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागी बाम लोकतान्त्रिक गठबन्धन र प्रचार प्रसारमा होमियको कुरा सबैलाई अबगत छ । यसरी निर्बाचनमा गठबन्धमा आबद्ध सबै होमिएको अबस्थामा रोल्पा जिल्लाको गठबन्धनका साझा आधिकारिक उम्मेद्धारका बिरुद्धमा प्रचार प्रसार गरेको प्रमाण प्राप्त भएको र प्रतिनिधिसभा प्रदेशसभाको निर्बाचन २०७९ का लागी प्रदेशसभा क्षेत्र नं. २ तर्फका स्वतन्त्र उम्मेद्धार दिपेन्द्र कुमार पुन सिजललाइ स्वतन्त्र उम्मेद्धारीका लागी प्रस्ताब गनुहुने हाम्रा पाटिका त्रिबेणी गाउँ कमिटीका अध्यक्ष शेर सिंह बन्दिपुरे र समर्थन गनुहुने रोल्पा नगर कमिटीका कुम पुनमगर एवं रोल्पा जिल्लाको गठबन्धनका साझा उम्मेद्धारका बिरुद्ध गतिबिधि गर्नुभएको प्रमाण जिल्ला कार्यलयमा प्राप्त भएकोमा विद्यार्थि सगठनका नेता एबँ गँगादेब गाउकमिटीका सदस्य अशोक वलिलाइ सम्पुर्ण जिम्मेवारी बाट मुक्त गरिएको छ बिज्ञप्तीमा भनिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array