Ad image

नेपाली जनताले पन्चायत र राजा फाले मसिर ४ गते प्रतिगमनकारीलाई फाल्नु पर्छ – जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर ३० कार्तिक २०७९, बुधबार
6 Min Read
Aa

भरत नेपाली/मालश्री खबर, कार्तिक ३० रोल्पा ।
नेपाली जनताको साथमा पन्चायत , २०६२/०६३ को जनआन्दोलन बाट राजतन्त्र फालियको र मंसिर ४ गते नेपाली जनताको साथमा प्रतिगमनकारीलाई अन्त्य गर्ने बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र १ क का साझा उम्मेदवार जोख बहादुर महराले बताउनु भएको छ ।

सुनछहरी गाउँपालिकाको गाम, स्युरी, लुङ्ग्री गाउँपालिकाको हार्जङ, गुमचाल र बडाचौरमा बाम लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता तथा मतदाताहरु सग भेटघाट कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै सो कुरा बताउनु भएको हो ।
त्यस्तै महराले २००७ सालमा राणा फालियो, २०४६ सालमा पन्चायत फालियो, २०५२ साल बाट शुरु गरिएको जनयुद्ध र २०६२/०६३ को जनआन्दोलन बाट राजतन्त्र फालेको बताउदै नेपाली जनताले निर्माण गरेको सबिधान माथि कुठाराघात गरि तानाशाही शासन चलाउ खोज्ने केपि ओलिको विरुद्ध गठबन्धन गरिएको बताउनु भयो । तपाईंहरुको एक भोटले प्रतिगामी र प्रतिक्रान्तिकारी हरुको अन्त्य हुने बताउदै हामी निर्वाचन पछि सघ र प्रदेशको सरकार बनाउ छौ त्यो सरकार गठबन्धन को सरकारको हुने बताउदै संघ,प्रदेश र स्थानीय तहको तहको सरकार सग एक अर्का बिच समन्वय र समझदारीमा बिकास निर्माणको काम गर्ने बताउदै प्रमुख अतिथी महराले देश , सबिधान र जनताको रक्षा नहुदा सम्म गठबन्धन कायमै रहने बताउनु भयो ।

त्यस्तै महराले नेपाली कांग्रेस र माओवादी दुबै पाटि क्रान्ति गरि आएको पाटिहरु भएको बताउदै २००७ सालमा नेपाली कांग्रेस नेतृत्वमा राना शासन फालेको भन्दै जनयुद्ध र जनआन्दोलन बाट अढाइसय वर्षको राजतन्त्र फालेको बताउनु भयो ।
त्यस्तै प्रमुख अतिथि महराले जतिबेला देशमा अप्ठ्यारो स्थिति आउछ त्यतिबेला देश र जनतालाइ माया गर्ने पाटिहरु एक हुँदै आएको बताउदै प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउनु भयो । महराले नेपाली जनताले २००७ साल देखि रगत,पसिना बगाएर प्राप्त गरेको उपलब्धि गुम्न थाले पछि गठबन्धन गरिएको बताउदै रोल्पाली जनता राजनीतिमा सक्षम छन भनी देश भरी पहिचान दिनको लागि कुनै भोट बदर नहुने गरि गठबन्धनमा भोट हान्न अनुरोध गर्नु भयो ।

- Advertisement -
Ad image

 

नेपाली कांग्रेस बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण बहादुर घर्तिमगरले चुनावी सभामा बोल्दै हामी सबैको पहिलो प्राथमिकता गठबन्धन नै हो त्यसपछी समानुपातिक तिर ध्यान दिन अनुरोध गर्दै रोल्पा प्रदेश सभा सदस्यमा माओवादी केन्द्र बाट साझा उम्मेदवार तथा नयाँ अनुहार आउनु भएको छ,यहाँको समग्र बिकासको लगि लाग्नु हुन्छ भन्ने आफू बिस्वस्थ भएको बताउनु भयो । देशको परिस्थितिले हामी एक ठाउमा आएको भन्दै हिजोका सवै कुरा भुलेर नयाँ सोचका साथ आउन सम्पूर्ण लाई अनुरोध गर्नु भयो । त्यस्तै घर्तिले माओवादी र कांग्रेस २०७४ सालमै मिलेको भय अति राम्रो हुने थियो ढिलै भय पनि केपि ओलिको कारण हामी गठबन्धन गरेको छौ मसिर ४ गते एक भोट पनि नछुटाइ र कुनै मत बदर नगरी भोट हाल्न अनुरोध गर्नु भयो ।

त्यस्तै नेपाली कांग्रेस रोल्पाको सहसचिव गन्ज बहादुर क्षेत्रीले अहिले सम्म नेपालका पाटिहरुले नारामा मात्र बिकासको कुरा गरेको बताउदै बाम लोकतान्त्रिक गठबन्धनले कुरा होइन व्यबहारमा काम गर्नको लागि गठबन्धन गरि निर्वाचनमा आएको बताउनु भयो । हामिले तपाईंहरुको गाउँ घर बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार जोख बहादुर महरा लाई हसिया हथौड़ामा भोट माग्न आएको बताउनु भयो । प्रदेश सभा ख मा स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार पुन र केही नेताहरूले आफ्नो राजनीतिक इमान्दारी गुमाएको भन्दै बाहिर हल्ला जे भए पनि प्रदेश सभा ख मा पनि बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार अमर सिह पुन नै बिजय हुने बताउनु भयो ।
त्यस्तै तपाईहरुको सामु बाम गठबन्धनको साझा उम्मेदवार जोख बहादुर महरालाई लिएर गोलाकार भित्र को हसिया हथौड़ामा भोट माग्न आएका छौ तपाईहरुले यसलाइ अन्यथा नमानी देशको इच्छा चाहना अनुसार हामी यसरी आएको बताउनु भयो ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य मान बहादुर बुढामगरले देशमा ३ वर्ष पहिले देखि नै गठबन्धन चल्दै आएको भय पनि रोल्पामा स्थानीय तहको निर्वाचन देखि गठबन्धनको कुरा गरि रहेको बताउदै नेपालको सबिधानको रक्षा गर्न को लागि यसरी बाम लोकतान्त्रिक गठबन्धन गरिएको बताउनु भयो । हिजो देखि कांग्रेस माओवादी एउटै लाइनमा भएको बताउदै केपि ओलि प्रतिगमन कारीको कित्तामा र बाम लोकतान्त्रिक गठबन्धन अग्रगामी कित्तामा स्पष्ट भै सकेको बताउनु भयो ।

नेपाली कांग्रेसको क्षेत्रीय सभापति दुर्गा बहादुर खडकाले जनताले प्राप्त गरेका उपलब्धि र नेपालको संविधान खतरामा पर्न लागे पछि यसरी गठबन्धन गरिएको बताउदै हिजोका दिनमा साना साना बजेट माग गर्न लिवाङ जानू पर्दथ्यो भने अहिले गाउँ घर बाट नै सबै सेवा सुबिधा पायका छौ यो सबै सबिधानले ब्यबस्था गरे अनुसार नै भएको बताउदै केपि ओलिले यस्तो सबिधान माथी कुल्चन लागेपछी बाम लोकतान्त्रिक गठबन्धन गर्नु परेको बताउनु भयो । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता निर्वाचन प्रचार प्रसारमा सुस्त भएको अनुभव आफुले पायकोले गठबन्धनमा आवद्ध सबै दलहरु मिलेर मतदाताहरुको घर दैलोमा पुगि प्रचार प्रसार गर्न अनुरोध गर्नु भयो ।

उक्त भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य शुक बहादुर रोका, नेकपा माओवादी केन्द्र बाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार द्वय मिना बुढामगर, कुस्मा महरा लगायत अन्य बाम गठबन्धन दलमा आबद्ध नेताहरुको सहभागीता रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्