Ad image

गठबन्धनमा कुनै पनि संका उपसंका गर्नु हुदैन् इन्चार्ज – राज बहादुर बुढामगर 

मालश्री खबर
मालश्री खबर २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २९ रोल्पा
नेकपा माओवादी केन्द्रका रोल्पा जिल्ला इन्चार्ज राज बहादुर बुढामगरले गठबन्धनमा कुनै पनि संका उपसंका गर्न नहुने बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति रुन्टिगढी गाउँपालिका होलेरीले आयोजना गरेको अगुवा भेटघाट कार्यक्रमको अतिथी समेत रहनुभएका बुढामगरले सो कुरा बताउनुभएको हो । नियम भन्दा बाहिर जाने मान्छे र भिर बाट लडेको गाईलाई राम राम भन्न मिल्ने तर कुम थाप्न नसकिने समेत बताउनुभयो ।

नेकपा माओवादी केन्द्र रोल्पाका इन्चार्ज र पोलिटबियुरो सदस्य समेत रहनुभएका दिपेन्द्र कुमार पुन(सिजल)ले पार्टी विपरीत बागी उम्मेदवार दिएको बताउदै हिजो सिजल भनेर चिन्दै आएका थिए अहिले सिजल भनेर कसैले नचिन्ने समेत बताउनुभयो । उनलाई पार्टी निष्कासन र कार्वाही गरेको र पार्टीमा पुनको कुनै भूमिका नरहेको समेत बताए । लोकतान्त्रिक बाम गठबन्धन बाट हाम्रो उम्मेदवार अमरसिंह पुन भएकोले सबैले कुनै संका नगरी आफ्नो अमुल्य मतदान गरि अत्याधिक मतले बिजय गराउन समेत आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array