Ad image

इतिहास बाट पाठ सिकेर अगाडि बढ्नुपर्छ -अमर बहादुर डाँगी

मालश्री खबर
मालश्री खबर २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २८ रोल्पा ।
लुम्बिनी प्रदेश सरकारका प्रमुख राजनीतिक सल्लाहकार अमर बहादुर डाँगीले इतिहास बाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति रुन्टिगढी गाउँपालिकाले होलेरीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको अतिथि समेत रहनुभएका डाँगीले सो कुरा बताउनु भएको हो ।

हाम्रो गठबन्धन इतिहासमै पहिलो भएको बताउदै इतिहासलाई बारम्बार कोटाएर सुँघ्नु हुँदै त्यसबाट नयाँ पाठ सिकेर अगाडि बढ्नुपर्ने समेत बताए । हिजो अस्ति के भएका थिए भनेर नसोच्नुस त्यसलाई बिर्सिएर भविष्यका लागि अगाडि बढ्नुपर्ने समेत बताए । सबैलाई थाहा छ यो देशको परिवर्तन ल्याउनका लागि विगतका दिनमा ठूलाठूला आन्दोलन संघर्ष र योगदान गरेको समेत बताए ।अहिलेको परिस्थिति राष्ट्रिय निर्माण संविधानको रक्षा र निरञ्कुस शासन विरुद्ध भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

Array