Ad image

निरंकुश तानाशाही केपी ओली नेपाली राजनीतिका खलनायक पात्रको रुपमा देखा परे – जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर २९ कार्तिक २०७९, मंगलवार
5 Min Read
Aa

भरत नेपाली/मालश्री खबर, कार्तिक २९ रोल्पा ।
सुनछहरी गाउँपालिका वडा न. ५ जैमाकसला,वडा न. ७ जेलबाङ र सुनिलस्मृती गाउँपालिका वडा न. ७ तेवाङमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा तथा मतदाताहरु सग भेटघाट कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै सो कुरा बताउनु भएको हो ।

त्यस्तै महराले २००७ सालमा राना फालियो, २०४६ सालमा पन्चायत फालियो, २०५२ साल बाट शुरु गरिएको जनयुद्ध र २०६२/०६३ को जनआन्दोलन बाट राजतन्त्र फालियको बताउदै नेपाली जनताले निर्माण गरेको सबिधान माथी कु गरि तानाशाही शासन चलाउन खोजे पछि गठबन्धन गरिएको बताउनु भयो । तपाईंहरुको एक भोटले प्रतिगामी र प्रतिक्रान्तिकारी हरुको अन्त्य हुने बताउदै हामी निर्वाचन पछि सघ र प्रदेशको सरकार बनाउ छौ त्यो सरकार गठबन्धन को सरकारको हुने बताउनु भयो । संघ,प्रदेश र स्थानीय तहको तहको सरकार सग एक अर्का बिच समन्वय र समझदारी गरि आबश्यकताको आधारमा बिकास निर्माणकस काम गर्ने बताउदै प्रमुख अतिथी महराले देश , सबिधान, ब्यबस्था र जनताको रक्षा नहुदा सम्म गठबन्धन कायमै रहने बताउनु भयो ।
त्यस्तै महराले नेपाली कांग्रेस र माओवादी दुबै पाटि क्रान्ति गरि आएको पाटिहरु भएको बताउदै २००७ सालको आन्दोलनको नेतृत्व कांग्रेसले गरि राना शासन फालेको भन्दै जनयुद्ध र जनआन्दोलनको नेतृत्व माओवादिले गरि अढाइसय वर्षको राजतन्त्र फालेको बताउदै ,महराले बाम लोकतान्त्रिक गठबन्धन लाई प्रभाव पार्ने खालका कुराहरु गर्दा देशको ७७ वटै जिल्लामा गठबन्धनलाइ असर गर्ने भएकोले आम रोल्पा बासिलाइ गठबन्धनको पक्षमा लाग्न अनुरोध गर्नु भयो ।
त्यस्तै प्रमुख अतिथि महराले जतिबेला देशमा अप्ठ्यारो स्थिति आउछ त्यतिबेला देश र जनतालाइ माया गर्ने पाटिहरु एक हुँदै आएको बताउदै प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउनु भयो ।

 

- Advertisement -
Ad image

नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य शुक बहादुर रोकाले गठबन्धनका साझा उम्मेदवारहरु प्रतिनिधि सभामा वर्षमान पुन, प्रदेश सभा (क) मा जोख बहादुर महरा र प्रदेश सभा (ख) मा अमर सिह पुनले निर्वाचन लगभग जिति सक्नु भएको छ, मसिर ४ गते अनुमोदन गर्न मात्र बाकी रहेको बताउनु भयो । हामिले ५ दलिय गठबन्धन गरि निर्वाचनमा आए पनि माओवादी को चुनावी चिन्ह गोलाकार भित्र हसिया हथौड़ा र नेपाली काङ्ग्रेसको चुनावी चिन्ह रुख भएकोले साझा उम्मेदवारलाई भोट दिई अत्यधिक मतले बिजय गराउन अनुरोध गर्नु भयो ।
रोकाले पहिलो र दोस्रो संविधान सभा बाट निर्माण भएको संविधान समय मै ल्याउनमा केपि ओलिले नै रोकेको बताउदै दुख कष्ट गरि नेपाली जनता बाट निर्माण गरिएको नेपालको सबिधानलाइ हातमा लिइ कु गर्न लागे पछि यसरी गठबन्धन गरिएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिती सहसचिव गन्ज बहादुर क्षेत्रीले स्थानीय तहको निर्वाचनमा म नेपाली कांग्रेसमा भोट माग्न आएको थिए तर आज म तपाईहरु सामु बाम गठबन्धनको साझा उम्मेदवार जोख बहादुर महरालाई लिएर गोलाकार भित्र को हसिया हथौड़ामा भोट माग्न आएको छु तपाईहरुले यसलाइ अन्यथा नमानी देशको इच्छा चाहना अनुसार नेपालका राजनीति पाटिहरु चल्नु पर्ने भएकोले हामी यसरी आएको बताउनु भयो । त्यस्तै क्षेत्रिले जनयुद्धको समयमा देशकै सबै भन्दा धेरै बलिदान गरेको रोल्पाको समग्र बिकास गर्न सघ र प्रदेशमा गठन हुने गठबन्धन को सरकारले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

नेकपा माओवादी केन्द्र बाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मिना बुढामगरले इतिहासको अत्यन्त मोडहरुमा तपाईं हाम्रो भेट भएको बताउदै केपि ओलिले जनताले दुख गरेर बनायको संविधान माथी कुठाराघात गर्न खोजे पछि हामिले बाम लोकतान्त्रिक गठबन्धन गरि सबिधानको रक्षाको लागि निर्वाचनमा आएको बताउनु भयो । रोल्पा बाट प्रतिनिधि सभा सदस्यमा वर्षमान पुनलाई गोलाकार भित्रको हसिया हथौड़ामा, प्रदेश सभा सदस्य (क) मा जोख बहादुर महरालाइ गोलाकार भित्रको हसिया हथौड़ामा र प्रदेश सभा (ख) मा अमर सिह पुन लाई रुख चिन्हमा र समानुपातिकमा आ–आफ्नो पाटिको चुनावी चिन्हमा भोट हाल्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य मान बहादुर बुढानगर, रोल्पा क्षेत्र न १ को निर्वाचन परिचालन समितिका सयोजक आस बहादुर पुन, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार कुस्मा महरा, नेकपा माओवादी केन्द्र सुनिलस्मृती गापा सचिब रत्न महरा लगायतको सहभागी रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array