Ad image

डेनमार्कमा निर्मित कृषि औजारहरु रोल्पा र प्युठान मा भित्रियो , किसानहरुले शुन्य लगानिमा पाउने

मालश्री खबर
मालश्री खबर २९ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक २९ रोल्पा ।
किसानहरुको सहजताको लागि रोल्पा र प्युठान मा त्भ्ह्ब्क् कम्पनिका हाते कृषि औजार भित्रीएको छ । डेनमार्क युरोपमा निर्मित उच्च प्रबिधिका कृषि औजार किसानहरुले सौलियतमा पाउने भएको बताइएको छ । सोमबार रुण्टिगढि गाँउपालिकाकोे सभाहल होलेरीमा छिमेकी लघुबित्त बित्तिय सस्थाले आफ्ना सदस्य हरुलाई जम्मा गराई हाते कृषि औजार बारे जानकारी गराएको छ ।

किसानहरुले उक्त औजार खरिद गर्नको लागि छिमेकी लघुबित्त बित्तीय सस्थाद्वारा सदस्यहरुलाई मात्र पाँच प्रतिशत छुट सहित शुन्य लगानिमा औजार उपलब्ध गराईने सस्थाका प्रमुख गणेश पुनले बताउनु भयो । उक्त रिणलाई किसानहरुले ट्याक्टरको कमाईबाट किस्ता किस्तामा तिर्नुपर्ने उनको भनाई छ । नेपाल चाईना एग्रीकल्चर सेन्टरका प्रमुख गोपाल प्रसाद उपाध्यायले TEXAS कम्पनिको कृषि औजार उपलब्ध गराउनको लागि रोल्पा प्युठानमा छिमेकी लघुबित्त बित्तिय सस्था सँग सहकार्य गरेको बताए ।

- Advertisement -
Ad image

साथै डेनमार्कमा निर्मित बलियो भरपर्दो र पेट्रोल डिजल दुबै बाट चल्ने फरक फरक हाते औजारहरु जिल्लामा भित्रीएको उनले बताए । सन १९६० मा स्थापना भएको कम्पनिले प्युठानमा पहिलोपटक कृषि हाते औजार लिएर आएको हो । बाझो भिरालो जमिनमा महिलाहरुले समेत सहजै रुपमा चलाउन सकिने हाते ट्याक्टरहरु रोल्पा अर्डर एण्ड सप्लायर्स सुलिचौर रोल्पा र राप्ति इलेक्ट्रिकल मेसिनरी हाउस बिजुवार प्युठान बाट उपलब्ध छन ।

पाच हर्ज पावरको पेट्रोल इन्जिन भएको मेसिन, ६ हर्ज पावरको पेट्रोल इन्जिन भएको , ५ हर्ज पावर भएको डिजल इन्जिन भएको र ९ हर्ज पावर भएको डिजल इन्जिन भएको हाते कृषि औजार जिल्लामा भित्रीएको रोल्पा मेसिनरी अर्डर एण्ड सप्लायर्स का प्रोः गिताराम सेर्पाली ले भन्नु भर्को छ ।

६ किसिमका धातुद्वारा निर्मित उक्त मेसिनहरु किसानलाई उपलब्ध गराउनको लागि पहिलोपटक प्युठान र रोल्पामा सम्झौता गरिएको कम्पनिका प्रमुख उपाध्यायले बताए । तेल कम खाने, अरु कम्पनिका औजार भन्दा फरक क्षमता भएको , मिनिटिलर,रिपर , ब्रस कटर, वाटर पम्प,लगायत सम्पूर्ण मेशिनरी औजार यस जिल्लामा भित्रीएको छ । साथै उक्त मेसिन ले पानी तान्न समेत सकिने बताईएको छ । साथै कृषि औजारका बारेमा बुझेपछी किसानहरु उत्साहित समेत बनेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array